Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

निजगढ विमानस्थलको काम अघि नबढाएको भन्दै माधव नेपाल प्रधानमन्त्रीसँग रुष्ट

काठमाडौं : सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

अध्यक्ष नेपालले संसद र संसदीय समितिले पटक-पटक स्थलगत अवलोकन समेत गरेर अघि बढाउन भनिएको सो अन्तर्राष्ट्रिय विमानस्थलको काम अझै पनि अघि नबढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग गुनासो गरेका हुन्। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालले पनि आफूसँग सो विमानस्थलको शिलान्यास गर्ने भनि आफैंले गरेको प्रतिवद्धता हालसम्म पनि कार्यान्वयनमा नआएको बताए।

देउवा र दाहालले काम अघि बढाउने वचन दिए पनि लागू नगरेकोमा आक्रोश व्यक्त गर्दै अध्यक्ष नेपालले त्यसलाई छिटो अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए।

मंगलबार संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले निजगढ विमानस्थललाई अघि नबढाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी ओलीले काम आवश्यक नै नभएको भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम गरेको आरोप समेत लगाए।

‘धेरै पहिलेदेखि निजगढ विमानस्थलको कुरा उठिरहेको थियो । तर हामी बनाउन पुग्छौं भैरहवामा । बनाउन पुग्छौं पोखरामा । अव त्यहाँ प्लेन पठाएर खर्च जोहो गर्ने सोचिरहेका छौ हामी । ती विमानस्थलहरु अहिले बनाउनुपर्ने बेला भएकै थिएन । अर्थात् अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बेला भएको थिएन । अब अहिले निजगढमा बनाउनु हुन्न भन्ने कुराहरू आएका छन्।’ अध्यक्ष नेपालले भने, ‘अहिलेभन्दा पहिलेका प्रधानमन्त्रीले शिलान्यास गर्ने भनिएको थियो, भएन । अहिले आउनु भएका प्रधानमन्त्रीले पनि आउनेबित्तिकै गर्ने भन्नुभएको थियो, त्यो पनि भएन । त्यसो हुनाले म त्यो कुरामा फेरि पनि ध्यानाकर्षण गराउन चाहन्छु । यो समितिले धेरै पटक छलफल गरेर, फिल्ड भिजिट गरेर निकालेको निष्कर्ष हो त्यो । यस कुरामा म फेरि पनि जोड दिन चाहन्छु ।’

अध्यक्ष नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यासको काममा ढिलाई नगर्न पनि सरकारलाई दबाब दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP