Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

९२ हजार स्वास्थ्यकर्मी आवश्यकता छ, ३२ हजार पूर्ति गर्न पहल गर्दैछौँः स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताएका छ । ​

बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हो। उनले आफ्नो धेरै पहलले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महत स्वास्थ्य क्षेत्रमा ३२ हजार कर्मचारी पूर्ति गर्न सकारात्मक रहेको बताए।

उनले २०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी बढाउन नसकेको जिकिर गरे । उनले स्वास्थ्यकर्मीहरूको अभावका कारण आधारभुत र गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको बताए। उनले अहिले गाउँहरू बसाईंसराईको कारण रित्तिसकेको बताए।

उनले सामान्य रोग लाग्दा पनि विशिष्ट व्यक्तिहरू विदेश जाने कुराको अन्त्य गर्न आवश्यक रहेको भन्दै नेपालमै उपचार सम्भव हुँदा विदेश गएर उपचार गर्नेहरूको उपचार खर्च सरकारले नव्यहोर्ने बताए।

‘नेपालको मेडिकल शिक्षा दक्षिण एशियाकै उत्कृष्ट छ । त्यसकारण नेपालमा पढ्न पाउनुपर्यो भनेर, धेरै देशले पैसा तिरेर पढ्न पाउनुपर्छ भनिरहेका छन्। माल्दिभ्सका स्वास्थ्यमन्त्रीजीले त जति पटक भेट्यो उतिपल्ट भन्नुभएको छ । त्यो विश्वास छ, नेपालको मेडिकल शिक्षाप्रति।’ उनले भने, ‘इण्डियामा २० लाख मान्छेले पढ्न एप्लिकेशन दिँदा रहेछन् । परीक्षा दिँदा रहेछन् । ९ लाख बराबर पास हुँदा रहेछन् । एक लाखले भर्ना हुन पाउँदा रहेछन् । ८ लाखमध्येमा २५ हजार मात्रै डाक्टर नेपालमा पढाउन पाउने हो भने नेपालले खर्बौं रुपैयाँ कमाउँछ । भारतका मात्रै विद्यार्थी आउँदा । आज हाम्रा विद्यार्थीहरू बेपत्ता छन् । नेपालको इतिहासमा नेपालको मेडिकल क्षेत्रको इतिहासमा यो ठूलो क्रान्तिकारी कदम हो ।’

​​स्वास्थ्य मन्त्री बस्नेतले नेपालको मेडिकल शिक्षा दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी गर्दै नेपाल अध्ययन गर्न आउनेहरूको संख्या बढ्दै गइरहेको दाबी गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP