Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

देश राम्रोसँग नचलेको भए प्रधानमन्त्रीको रूपमा देशलाई विकल्प दिनुस् : माधव नेपाल

२० माघ, काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रूपमा देशलाई विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन्।

शनिवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भई चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न सुझाव दिए। उनले राष्ट्रपति बन्नका लागि मानिसहरूको अभाव नरहेको जिकिर गरे।

उनले देशको काम प्रधानमन्त्रीले गर्ने भएकाले प्रधानमन्त्रीसँगको विवाद हो भने प्रधानमन्त्री बन्न देशमा चुनाव लड्न सुझाव दिए। उनले देशमा अहिले प्रतिगामी शक्तिले टाउको उठाउने र व्यवस्थालाई समाप्त पार्ने काम भइरहेको बताए। उनले राजतन्त्रले प्रकृतिको एकलौटी लुट मचाएको, लुम्बिनी विकास कोषमा लुट मचाएको, पशुपति विकास कोषमा लुट मचाएको, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक स्रोतसाधनलाई एकलौटी कब्जा गरेको आरोप लगाए।

उनले भने, ‘राजतन्त्रले फेरि फर्किएर आउने चाहना राखेको छ। त्यो कदापि सम्भव छैन। राजाको पालामा प्रकृतिको एकलौटी लुट मचाएको, लुम्बिनी विकास कोषमा लुट मचाएको, पशुपति विकास कोषमा लुट मचाएको, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक स्रोतसाधनहरूलाई एकलौटी कब्जा गरेको, न खोज, न अनुसन्धान, न कुनै कसैले प्रश्न गर्ने ? कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्य पुष्टि गर्न सकिँदैन। त्यसो हुनाले यहाँ राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक हो।’

अध्यक्ष नेपालले विश्वविद्यालयहरूमा विद्यार्थीहरू कमी भइरहेको बारेमा गहन अध्ययन गर्न जरुरी रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP