Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

रुससँग वार्तासमेत गर्न नसकेर सरकार निरीह बन्यो : विश्वप्रकाश

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले रुसी सेनामा भर्ती भएका नेपालीहरु फर्काउनका लागि रुससँग कूटनीतिक पहल र संवाद गर्नसक्ने क्षमता देखाउन नसकेको बताएका छन्। आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्।

उनले सरकारले हालसम्म नेपालस्थित रुसी राजदुतालाई बोलाएर संवाद गर्नु बाहेकको पहल गर्न सकेको छ कि छैन? भन्दै प्रश्न गरे। उनले देशबीच कूटनीतिक पहल र सरकारको क्षमता रसियासँग संवाद गर्नसक्ने स्तरमा छ कि छैन? भन्ने प्रश्नसमेत गरे।

उनले रुसी सेनामा भर्ती भएका नेपालीको यकिन तथ्यांक सरकारसँग नरहेको बताए। उनले नागरिकलाई सरकार छ भन्ने महसुस गराउन सरकारले रसियामा गएर सैनिक भई बसेका नेपालीको उद्धार गर्ने कुरामा गम्भीरतापूर्वक लिनुपर्ने बताए।

उनले ६ फेब्रुअरीको साँझ एयर अरबियाको जहाजबाट नेपाल आउन लागेका सुरेन तामाङ, सजन लोप्चन तामाङ र मदन कुमाललाई मस्कोस्थित विमानस्थलबाट पक्राउ गरी रुसी सेनाको कब्जामा रहेको विषयमा सरकार जानकार छ कि छैन? भन्दै प्रश्न गरे।

उनले भने, ‘६ फेब्रुअरीको साँझ एयर अरबियाको जहाजबाट नेपाल आउन लागेका थिए, सुरेन तामाङ, सजन लोप्चन तामाङ र मदन कुमाल मस्कोबाट। उनीहरु मस्कोको एयरपोर्टमा रसियन सैनिकको गिरफ्तारीमा परे। एक महिनाअघि उनीहरु रसियन सैनिकहरुबाट भागेर मस्को पुगेका थिए। दूतावास पुग्नुअघि पक्राउ परे। उनीहरुलाई फेरि लिएर गइयो र सैनिक सीमामा राखियो। करिब १६ सय किलोमिटर भागेर उनीहरुसँग दूतावासको सम्पर्क भयो। उहाँहरुले सम्पर्कमै आएकै साँझ विमानस्थल पुर्‍याउँदा उनीहरु पक्राउ परे। उनीहरु अहिले रसियन सैनिकको गिरफ्तारीमा छन्। उनीहरुको अवस्था के छ? नेपाल सरकारलाई जानकारी छ कि छैन?’

महामन्त्री शर्माले रुसी सेनामा भर्ती भएकाहरुको उद्धार गर्न सरकारको पहल नपुगेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP