Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

माओवादी केन्द्रको विधान सम्मेलन : २० वटै समूहले आज निषकर्ष पेश गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रको विधान सम्मेलनको दोस्रो दिन आज विधान मस्यौदामाथि समूहमा छलफल जारी निष्कर्ष पेश गरिँदैछ। विधान मस्यौदामाथि छलफल गर्न २० वटा समूह बनाइएको छ ।

मंगलबार नै समूहगत छलफल शुरु गरिएकोमा आज थप छलफल गरी निष्कर्ष पेश गर्ने महासचिव देव गुरुङले जानकारी दिए। उनका अनुसार समूहगत छलफलका लागि दिउँसो १ बजेसम्मको समय दिइएको छ। त्यसपछि बन्दसत्रस्थल प्रज्ञा भवनमा भेला भई निष्कर्ष पेश गर्ने कार्यक्रम छ ।

सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना छुट्टयाएर विधान मस्यौदमा छलफल प्रारम्भ गरिएको छ। २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरूप दिइनेछ।

तीन दिन सञ्चालन हुने सम्मेलनमा एक हजार २०० भन्दा बढी प्रतिनिधि सहभागी छन्। सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारी सहभागी छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP