Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

पर्यटकले २५ हजार भारुभन्दा बढी ल्याउन नपाउने कानून संशोधन गर : सुनिल शर्मा

काठमाडौँ : नेपाली कांग्रेसका सांसद डा सुनिल शर्माले पर्यटकहरुले २५ हजार रुपैयाँभन्दा बढी भारतीय रकम बोकेर नेपाल आउन नमिल्ने कानून तत्काल संशोधन गर्न माग गरेका छन्।

आइतवारको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन्। उनले गत फागुन ३ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा टर्कीका कार्डियोलोजिस्ट अब्दुल्लाह मिनीलाई ९६ हजार भारु ल्याएकोमा पक्राउ गरिएकोबारे सरकारको ध्यानाकर्षण गराउँदै २४ घण्टाभित्र २५ हजारभन्दा बढी भारतीय रुपैयाँ बोकेर आउन नपाइने व्यवस्था संशोधन गर्न माग गरे।

उनले नेपालले पर्यटकमैत्री देश बनाउने हो भने र पर्यटन क्षेत्रलाई चलायमान बनाउने हो भने तत्काल सो व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको बताए।

‘फागुन ३ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा टर्कीबाट एकजना अन्तरराष्ट्रिय स्तरको कार्डियोलोजिस्ट गंगालाल अस्पतालमा आउँदै हुनुहुन्थ्यो‚ उहाँलाई गिरफ्तार गरियो। ९६ हजार आईसी बोकेर आउनुभएको कारणले उहाँलाई गिरफ्तार गरियो‚’ उनले भने‚ ‘२५ हजारभन्दा बढी भारु पर्यटकहरुले चाहे सडकबाट वा एयरलाइन्सबाट आउँदा होस् बोक्न नपाउने व्यवस्था गरिरहँदा नेपालको पर्यटन क्षेत्र फस्टाउन बनाएको हो वा नेपालका होटल उद्योगहरु डुबाउनेका निम्ति बनाएको हो?’

उनले नेपालको पर्यटन क्षेत्र फस्टाउनको निम्ति उक्त कानून बनाइएको हो वा डुबाउन भन्नेबारे गम्भीर हुनुपर्ने बताए। उनले नेपालमा पैसा नभएकालाई मात्रै ल्याएर पर्यटन उद्योग चलाउने हो भन्दै प्रश्न गरे।

‘प्रधानमन्त्री, राज्य सत्तालाई यो कुरा थाहा छ कि छैन? थाहा पाएर पनि सुतेर किन बसेको? म सोध्न चाहन्छु प्रधानमन्त्रीलाई तपाईंले कस्तो टुरिस्ट ल्याउन खोजेको हो? २५ हजारभन्दा बढी आईसी बोक्न नपाउने, हातमा एक रुपैयाँ पनि नभएका भिखारी मात्र ल्याएर टुरिस्ट इण्डस्ट्री चलाउने हो? होइन भने यो कानून वा नियम २४ घण्टामा परिवर्तन गर्नुपर्छ।’

सांसद शर्माले सरकार गैरजिम्मेवारपूर्ण ढंगबाट चलिरहेको आरोपसमेत लगाए। उनले संसदमा प्रतिपक्ष बोलिरहँदा सत्तापक्षका सांसदहरुले बोल्नसमेत नदिएको दावी गरे। उनले विपक्षीका आवाज दबाउने प्रपञ्च भइरहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP