काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले कर्मचारीहरूलाई प्राप्त जिम्मेवारीप्रति उत्साहित भएर काम गर्न निर्देशन दिएका छन्।
अधिकृतस्तरका (छैटौँ, सातौँ र आठौँ तह) कर्मचारीहरूसँग छलफल गर्दै उनले भने,‘यहाँहरूको सक्रियताले महानरपालिकाले लक्षित कार्यक्रममा नतिजा प्राप्त गर्न सक्छ, महानगरपालिकाले लिएका नीति, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा उत्साहित बन्नुहोस्, तपाइँहरूको प्रोत्साहनका लागि हामी काम गर्नेछौँ।’
स्वीकृत कार्यक्रम कार्यान्वयनमा अधिकृतस्तरका कर्मचारीहरूको प्रधान भूमिका हुने पनि उनले बताए।
छलफलमा महानगर प्रमुखको सचिवालय सदस्य सुदीप ढकालले महानगरका गौरव र स्वर्णिम योजनाका विषयमा प्रस्तुति दिएका थिए। नागरिकका सरोकारका विषयमा महसुस योग्य नतिजाका लागि गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याइएको उनले बताए।
छलफलमा उक्त योजनालाई प्राथमिकता भित्रका प्राथमिक कार्यक्रमका रूपमा कार्यान्वयनमा लैजाने, कार्यप्रणाली सुधार, सेवा प्रदायक र सेवाग्राहीको सम्बन्धलगायत विषय समेटिएका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया