Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

मन्त्रीहरूको नाम बोकेर प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालयमा, १४ मन्त्रीले शपथ लिँदै

काठमाडौँ : सत्ता समीकरण बदलिएसँगै बनेको मन्त्रिपरिषद् विस्तारका लागि नामावलीसहितको पत्र बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।

आजै सपथ गराउने तयारी स्वरुप उनी राष्ट्रपति कार्यालय पुगेका र राष्ट्रपतिले समय तोकेपछि सपथग्रहण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सम्भवत ५ बजेतिर सपथ गर्ने तयारी गरिएको जनाइएको छ । केही मन्त्रीहरूलाई बिदाइका समयमै सपथका लागि निम्तो आइसकेको स्रोतले बताएको छ।

प्रधानमन्त्री प्रचण्डले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र लिएर गएका छन्। तीन जनाले सोमवार नै विना विभागीय मन्त्रीको शपथ लिएका छन्। बाँकी १४ जनाले आज शपथ लिनेछन्।

प्राप्त जानकारी अनुसार एमालेको भागमा ८ मन्त्रालय परेको छ। यस्तै माओवादी केन्द्रको भागमा ५, रास्वपाको भागमा ४ मन्त्रालय तोकिइसकेको छ।

स्रोतका अनुसार एमालेका रघुवीर महासेठलाई उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरीलाई कानुन, हरि उप्रेतीलाई रक्षा, भगवति चौधरीलाई महिला बालबालिका, राजेन्द्र राईलाई खानेपानी, दामोदर भण्डारीलाई उद्योग, ज्वालाकुमारी साहलाई कृषि, बलराम अधिकारीलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो।

यस्तै माओवादीबाट नरायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र, वर्षमान पुनलाई अर्थ, शक्तिबहादुर बस्नेतलाई उर्जा, रेखा शर्मालाई सञ्चार र हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ।

रास्वपाका रवि लामिछानेलाई उपप्रधान तथा गृह, डीपी अर्याललाई श्रम, विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद र सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय दिने तयारी गरिएको बताइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP