Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

३० लाखको अवैध सामानसहित तीनजना पक्राउ

बैतडी : बैतडी प्रहरीले अवैध ओसारपसार भइरहेका सामान बरामद गरेको छ। एक हप्ताको अवधिमा भारतबाट भन्सार छली ल्याइएको ३० लाखभन्दा बढीको सामानसहित ३ जना पक्राउ परेका छन्।

बुधबार जिल्लाको मेलौली नगरपालिका-३ लामालेक क्षेत्रबाट १९ लाख ८ हजार ४४० रुपैयाँ बराबरको सामान, ट्रक र एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा से १ ख २०१४ नम्बरका ट्रकचालक बैतडीको पाटन नगरपालिका-८ निवासी गणेश मडै रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।

भन्सार छलेर तल्लो स्वराडबाट ट्रकमा सामान ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो। बरामद गरिएको सामानमा बिडी, चिनी, खानेतेल, मिश्री, चप्पल, प्याज, मिठाई लगायत छन्।

बरामद सामान र ट्रकलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय, धनगढी पठाइएको छ। यसअघि मंगलबार पनि जिल्लाको दोगडाकेदार गाउँपालिका-७ खोचलेकबाट जीपमा लैजाँदै गरेको १० लाख ५७ हजार बराबरको सामानसहित दुईजनालाई पक्राउ गरिएको थियो।

बझाङको बुङगल नगरपालिका-११ पातलका से १ ज ७१८ नम्बरका जीपचालक ३४ वर्षीय वीरबहादुर बोहरा र सहचालक २४ वर्षीय पुष्करबहादुर बोहरा पक्राउ परेका हुन्।

सामानमा १६३२ बन्डल बिडी र १२६ जोर चप्पल छन्। सामान ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले जीपसहित दुबैजनालाई समातेको हो।

प्रहरीले उक्त सामानको मूल्य २ लाख ५७ हजार ४०० र ओसारपसारमा प्रयोग भएको ८ लाख बराबरको जीप र दुबैजनालाई थप अनुसन्धानका लागि महाकाली भन्सार कार्यालय झुलाघाट बुझाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP