Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

हवाइ उडानमा ईयूको कालोसूची हटाउन पहल गर्छु : पर्यटनमन्त्री तामाङ

काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाइ क्षेत्रलाई युरोपेली संघ (ईयू)ले लगाएको उडान प्रतिबन्ध हटाउन पहल गर्ने प्रतिक्रया दिएका छन्।

मन्त्रालयमा बुधबार पदबहाली गर्दै मन्त्री तामाङले ईयूले नेपालको हवाइ क्षेत्रमाथि गरेको प्रतिबन्ध चाँडै हट्ने विश्वास व्यक्त गरे। ‘नेपालको हवाइ क्षेत्रमा ईयूले सन् २०१३ देखि लगाएको उडान प्रतिबन्ध हटाउन योजनाबद्ध पहल गर्नेछु’, उनले भने, ‘यो चाँडै नै हट्छ भन्ने विश्वास लिएको छु।’

ईयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै उडान सुरक्षा चासो (कालोसूची) मा राखेको थियो ।

सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संठन (आईकाओ) को गम्भीर सुरक्षा चासो सूची (एसएससी) मा राखेकामा सन् २०१७ जुलाईदेखि हटाएको थियो । नेपालले पछिल्लो पटक हवाइ सुरक्षा दरमा वृद्धि गरेकाले ईयूको सुरक्षासूचीबाट हट्ने विश्वास गरिएको छ ।

पहिलो निर्णय

नवनियुक्त पर्यटनमन्त्री तामाङले मन्त्रालयमा पदबहाली लगत्तै हवाइ नीति, २०६३ लाई संशोधन गर्ने प्रयोजनका लागि अध्ययन समितिको निर्णयमा हस्ताक्षर गरे। अध्ययन समितिको प्रतिवेदनअनुरुप पर्यटन ऐन समयसापेक्ष परिमार्जन गर्ने मस्यौदा बनाउने र त्यसलाई सरकारले आवश्यक निर्णय गर्नेगरी मन्त्री तामाङले पहिलो निर्णय गरेको पर्यटन मन्त्रालयका सचिव डा. दीपक काफ्लेले बताए ।

पर्यटन मन्त्रालयका नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठिन उक्त समितिले संयताको भावनाअनुरूप समय सापेक्ष हवाई नीतिको मस्यौदा तयार गर्नेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP