Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

प्रकाशशरण महतले अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा सुन्न चाहेनन् : विष्णु पौडेल

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा सुन्न नचाहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै पौडेलले निवर्तमान अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा स्वीकार गर्न नचाहेको बताए।

उनले अर्थमन्त्रीको रुपमा ११ महिना काम गर्दा अर्थतन्त्रलाई लयमा ल्याउने काम गर्न नसकेको पनि उल्लेख गरे। उनले पछिल्लो एक वर्षमा मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको जिकिर गरे।

अहिले पनि अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक नरहेको उनले टिप्पणी गरे। पौडेलले आर्थिक वर्षका २ क्वाटरमा आर्थिक वृद्धिदर सकारात्मक नहुनु भनेको अर्थतन्त्र मन्दीमा जानु हो भने।

पूर्वअर्थमन्त्री पौडेलले निवर्तमान अर्थमन्त्रीले वास्तविक अर्थतन्त्रका आँकडालाई सच्याउँदै हिँडेको पनि आरोप लगाए। उनले लय बिगारेको अर्थतन्त्रलाई दुरुस्त छ भनेर दावी गर्नु आपत्तिजनक रहेको समेत टिप्पणी गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP