काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बिग्रेको राजनीतिक परिस्थितिलाई आफ्नो दलले हस्तक्षेप गरी ट्रयाकमा ल्याउन नयाँ गठबन्धन बनेको बताएका छन्।
बिहीवार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक परियारले बिग्रिएको राजनीतिक परिस्थिति सुधार्न पार्टी सभापति रवि लामिछानेको पहलमा हस्तक्षेप गरिएको बताए।
उनले रास्वपाले नयाँ गठबन्धन बनाउन मुख्य भूमिका खेलेको दावी गरेका छन्। उनले पुराना पार्टीहरूले सदनमा प्रतिस्पर्धा र निर्वाचनमा सहकार्य गर्ने गरेका भन्दै आगामी दिनमा निर्वाचनमा प्रतिस्पर्धा र सदनमा सहकार्य गर्नुपर्ने बताए। उनले इलाम २ मा हुने उपनिर्वाचनमा रास्वपा एक्लै चुनावमा होमिने र जित्ने दाबी गरे।
परियारले भने, ‘सदनको यही रोष्ट्रममा पहिलोपटक आफ्नो विचार राख्दा मैले भनेको थिएँ- हामी दुईचारजना व्यक्ति मात्रै आएका छैनौँ। समाज रूपान्तरणको विचारसहित नयाँ हस्तक्षेप गर्न आएका छौँ। हामी सदनमा सहकार्य गरौँ भन्छौँ। तपाईंहरूले सदनमा सधैँ प्रतिस्पर्धा र निर्वाचनमा सहकार्य गर्नुभयो। यसले लोकतन्त्रलाई पनि कमजोर बनाइदिनु भयो।’
उनले आफूहरू प्रश्न गर्ने मात्रै नभई समस्याको समाधान गर्न पनि सरकारमा सामेल भएको बताए। उनले अब नेपाल बनाउने काम शुरु हुने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया