Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

भूमिसम्बन्धी समस्या समाधान हुन्छ: मन्त्री अधिकारी

जानु पाण्डे

कपिलवस्तु, फागुन २४ गते । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनका समस्या समाधान गर्ने पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

लामो समयदेखि सुस्त गतिमा चलेको भूमि आयोगको कामलाई गतिशील बनाइ दशकौँदेखि सास्ती खेपेका भूमिहीनलाई लालपुर्जा दिने कामको सुरुवात हुने जनाउनु भएको छ । भूमिसम्बन्धी समस्या रहेका अस्थायी बसोबास, सुकुम्वासी र गुठीका समस्या समाधानका लागि पदभार सम्हालेदेखि काम अगाडि बढेको बताउनुभयो ।

‘अहिले कहाँ–कहाँ समस्या छ, त्यो अध्ययन गरिँदैछ । कानुनी समस्या रहेको जानकारी आएको छ । त्यसलाई संशोधन गरी भूमिसम्बन्धी समस्या समाधान गरिनेछ । पहिलाजस्तो ढिलासुस्ती हुँदैन । यो सरकार तत्काल एक्सनमा जान्छ’ मन्त्री अधिकारीले बताउनुभयो ।

केही सहकारीमा आर्थिक अपचलन र अन्य समस्या देखा परेको हुँदा त्यसप्रति मन्त्रालयको ध्यान पुग्ने बताउनुभयो । मन्त्री अधिकारी नेकपा (एमाले) बाट कपिलवस्तु क्षेत्र १ मा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको थियो । शिक्षण पेसाबाट राजीनामा दिएर २०५४ सालमा एमाले जिल्ला प्रमुखको नेतृत्व सम्हाल्नु भएको थियो । उहाँ तीन कार्यकाल जिल्ला प्रमुखको रूपमा रहनुभएको थियो । एमालेको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य हुनु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP