Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

जनताको असल भविष्यका लागि स्वास्थ्य सेवामा रूपान्तरण : उपप्रधानमन्त्री यादव

काठमाडौँ : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको असल भविष्यका लागि स्वास्थ्य सेवालाई रूपान्तरण गर्दै लैजाने बताएका छन्।

जेनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएशनको आयोजनामा शुक्रवारदेखि ललितपुरमा शुरु भएको अन्तरराष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उपप्रधानमन्त्री यादवले सम्मेलनले निकाल्ने निष्कर्ष नेपाल सरकारका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गरे।

उनले उक्त संस्थाले सेवा प्रवाहको कामलाई अझ व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता पनि औंल्याए। नेपालमा कोभिड, भूकम्प लगायतका संकटका वेला इमर्जेन्सी मेडिसिन टोलीले नेपालमा खेलेको भूमिकाको प्रशंसा गर्दै उपप्रधानमन्त्री यादवले आउने दिन पनि सो कामलाई अझै व्यवस्थित ढंगले अघि बढाउने अपेक्षा पनि नेपाल सरकारले गरेको बताए।

उनले भने, ‘विगतमा पनि धेरै संकटका वेला चाहे त्यो कोभिडको संकटका वेला होस्, चाहे त्यो भूकम्पका वेला होस्। तपाईंहरूले मानिसको जीवन रक्षाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। त्यसमा हामी सरकार पनि संवेदनशील छौँ र स्वास्थ्य मन्त्रालयले यहाँहरूको सिफारिसलाई महत्त्व दिनेछ।’

उपप्रधानमन्त्री यादवले नेपालमा पर्याप्त मात्रामा स्वास्थ्य जनशक्ति नरहेको अवस्थामा स्वयंसेवी संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने गरेको स्मरण पनि गराए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP