Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउँदै सरकार

१६ चैत, काठमाडौं । सरकारले संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउने भनी विषय पहिचान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार पहिचान भएका विषयको विधेयकको मस्यौदा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्ययन गरिसकेको छ ।

अध्ययन पश्चात सम्बन्धित मन्त्रालयहरूलाई सम्बन्धित विषयको कानुनको मस्यौदालाई अन्तिम रूप दिएर प्रक्रियामा अगाडि बढाउन भनिएको छ ।

शुक्रबार राष्ट्रिय सभामा संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले पहिचान गरिएका ११७ वटा विधेयकको मस्यौदामध्ये २१ वटा विधेयक पेश हुने क्रममा रहेको जानकारी दिए ।

उनका अनुसार यी २१ वटा विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विधेयक समितिमा विचाराधीन छन् । थप ७ वटा विधेयक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कानुनी रायको प्रक्रियामा रहेको पनि प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

११७ मध्ये मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयमा रहेका बाहेकका विधेयकका मस्यौदालाई सम्बन्धित मन्त्रालयले अन्तिम रूप दिने काम गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डका अनुसार विधेयकहरू प्राथमिकताका आधारमा संघीय संसद्‌मा दर्ता हुनेछन् ।

प्रहरी समायोजन विधेयक कार्यान्वयनमा अगाडि बढेको, संघीय प्रहरी विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको पनि प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । यो विधेयक पनि छिट्टै दुवै सदनबाट पारित हुने प्रधानमन्त्रीले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP