Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

३ महिनापछि लोडसेडिङ हुने साँचो होइन : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ३ महिनापछि लोडसेडिङ हुन्छ भन्ने कुरामा सत्यता नभएको दावी गरेका छन्।

आइतवार प्रतिनिधिसभा बैठकमा अन्तरराष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले ३ महिनापछि लोडसेडिङ नहुने बताएका हुन्।

छलफलका क्रममा केही सांसदले भारतले विद्युत बिक्री बन्द गरेमा नेपालमा लोडसेडिङ हुनसक्ने भन्दै मन्त्री बस्नेतलाई प्रश्न गरेका थिए।

सोही प्रश्नको जवाफ दिँदै उनले ३ महिनापछि लोडसेडिङ नहुने स्पष्ट पारे। उनले वर्षा याममा नेपालले विद्युत बिक्री गर्ने अवस्था हुने भन्दै उनले भ्रमको पछि दौडिनु नहुने बताए।

‘३ महिनापछि लोडसेडिङ हुन्छ भन्ने चर्चाको बारेमा यो सत्यता होइन। एउटा कुरा के प्रष्ट छ त भन्दा वर्षायाममा हामी बिक्री गर्छौँ‚’ उनले भने‚ ‘त्यसकारण ३ महिनापछि लोडसेडिङ हुन्छ भन्ने कुरा सही होइन। त्यो भ्रमको पछि दौडिनु हुँदैन।’

उनले नेपाल अन्तरराष्ट्रिय सौर्य गठबन्धन (आईएसए) मा सहभागी हुँदा प्रशस्त लाभ लिन सकिने बताए। उनले यो गठबन्धनमा आबद्ध भएवापत कुनै आर्थिक दायित्व सिर्जना नहुने भन्दै चिन्ता लिनुपर्ने अवस्था नभएको बताए।

उनले यो गठबन्धनमा आबद्ध हुँदा गठबन्धनबाहिर सहकार्य गर्न पनि कुनै बन्देज नभएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP