Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा न्यायाधीश शर्माको एकल इजलासमा

काठमाडौं : गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै कांग्रेसका सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ हुँदैछ। सुनुवाइको पेशी न्यायाधीश विनोद शर्माको एकल इजलासमा परेको छ।

बहुमत पुर्‍याउन सभामुखको समेत गणना गरिनु असंवैधानिक रहेको भन्दै पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। मुद्दाको विपक्षमा मुख्यमन्त्री अधिकारी र प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विपक्षी बनाइएको छ।

उनले अधिकारीको नियुक्ति खारेज गरेर आफूलाई मुख्यमन्त्री पदमै निरन्तरता दिन अन्तरिम आदेशको माग गरेका छन्।

पाण्डेले दायर गरेको रिटमा गण्डकीमा मुख्यमन्त्री बन्न ३१ जना प्रदेशसभा सदस्यको समर्थन चाहिने भए पनि अधिकारीले सभामुख र स्वतन्त्र प्रदेशसभा सदस्यको संख्यासमेत जोडेकाले त्यो असंवैधानिक हुने दाबी गरेको सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए।

प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई आइतबार मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए। माओवादीबाट सभामुख रहेका कृष्ण धितालको हस्ताक्षरसमेत मुख्यमन्त्री बनाउन प्रयोग गरिएको थियो।

एमालेका २२, माओवादीका सभामुखसहित आठ र स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङे सहित ३१ सांसदको समर्थन रहेको भन्दै अधिकारीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर बुझाइएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP