Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

दलले व्यवसायीसँग चन्दा नमाग्ने संकल्प गरौँ : राजेन्द्र लिङदेन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजनीतिक दलहरूले उद्योगी व्यवसायीसँग चन्दा नमाग्ने र दुःख नदिने संकल्प लिन साहस गर्न आग्रह गरे।

बुधवार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले निजी क्षेत्र सबैले हेप्ने क्षेत्र भएको बताए। उनले भने, ‘सबै राजनीतिक दलहरूले उद्योगी व्यवसायीसँग चन्दा नमाग्ने र दुःख नदिने कुरा संकल्प पत्रमा लेख्ने साहस गरौँ।’

उनले निजी क्षेत्रको मनोबल नउठेसम्म र निजी क्षेत्रमैत्री ऐन, कानून नबनेसम्म देश बन्न नसक्ने बताए। साथै सरकारमा बस्नेहरूको नियत पनि सुध्रिनुपर्नेमा उनले जोड दिए।

उनले निजी क्षेत्रमैत्री कानून हुनुपर्ने माग गरे। उनले लगानीमैत्री कानून नबन्दासम्म जतिसुकै लगानी सम्मेलन गरे पनि लगानीकर्ता नआउने स्पष्ट पारे। उनले अघिल्ला लगानी सम्मेलनका प्रतिबद्धता कार्यान्वयन हुन नसकेको बताए।

लिङदेनले भने, ‘जबसम्म निजी क्षेत्रको मनोबल उठ्दैन, निजी क्षेत्रमैत्री ऐन, कानून बन्दैन र सरकारमा बस्नेहरूको नियत सुध्रिँदैन तबसम्म देश बन्दैन। त्यसकारण सरकारले बनाउने ऐन, कानून निजी क्षेत्रमैत्री हुनुपर्छ।’

उनले अहिले निजी क्षेत्रको मनोबल खस्किएको भन्दै सरकारले निजी क्षेत्रको मनोबल बढाउन सक्नुपर्ने बताए। उनले निजी क्षेत्रमैत्री कानून नबनेसम्म देश बन्न नसक्ने स्पष्ट पारे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP