Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

सुर्तीजन्य वस्तुमा प्रतिबन्ध लगाउन सांसदहरूको माग

काठमाडौँ : सांसदहरूले सुर्तीजन्य पदार्थमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन्। उनीहरूले शुक्रवार काठमाडौँमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद शृंखला कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो माग गरेका हुन्।

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका सांसद माधव सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले यस्तो माग गरेका हुन्। बर्तौलाले सरकारले सुर्तीजन्य पदार्थलाई राजस्वको आम्दानीको बाटो बनाउनु नहुने बताए। कुल मृत्युको १९ प्रतिशत मानिस नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए।

यसैगरी सांसद सापकोटाले सुर्तीजन्य पदार्थको प्रयोगमा पूर्ण प्रतिव्बन्ध लगाउने दिशामा सोच्न जरुरी रहेको बताए। उनले सबै राजनीतिक दलहरूले पनि सैद्धान्तिक रूपमा यसबारेमा छलफल गर्न जरुरी रहेको बताए।

सांसद झाले सुर्तीजन्य वस्तुको आयात नियमन र नियन्त्रणमा सरकार कठोर बन्नुपर्ने बताए। उनले धुम्रपान र मद्यपानमा सरकारले थप कडाइ गर्न जरुरी रहेको बताए। उनले सुर्तीजन्य वस्तुको सेवन कम गर्न र आयात रोक्न अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP