Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

स्वास्थ्य मन्त्री नआएपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं : राष्ट्रिय सभाको बैठक केहीबेरको लागि स्थगित भएको छ ।

‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्तावमाथिको छलफलमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव उपस्थित नभएको भन्दै संकल्प प्रस्ताव प्रस्तोता काँग्रेस सांसद कमला पन्तले आपत्ति जनाएपछि बैठक स्थगित गरिएको हो।

राष्ट्रिय सभा बैठक आजै अपरान्ह ३ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो। १० मिनेट भित्र स्वास्थ्यमन्त्री बैठकमा आउँछु भनेकाले केही बेरका लागि बैठक स्थगित गरिएको सभाध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए।

राष्ट्रिय सभाको बैठकमा सांसद पन्तले सो संकल्प प्रस्ताव पेश गरेकी हुन्।

सांसद पन्त प्रस्तावक रहेको संकल्प प्रस्तावमा कृष्णप्रसाद पौडेल, जितजंग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा, दुर्गा गुरुङ, शोनाम ग्याल्जेन शेर्पा, जयन्तिदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह, गरिमा, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, आनन्दप्रसाद ढुंगाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादव समर्थक रहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP