Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

अन्तत: एमाले पर्वतमा दुई प्यानलबाट भिड्ने भए पहाडी र शर्मा

पर्वत : नेपाल कम्युनिस्ट पार्टी एमाले पर्वतको अवस्था पनि प्रदेश राजधानीसमेत रहेको कास्की जिल्लाकै जस्तो भएको छ। गण्डकी प्रदेशमा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटीसमेत रहेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको प्यानलबीच कुरा नमिल्दा अधिवेशन चुनावमा पुगेको थियो।

त्यही कास्की जिल्लासँगै सिमाना जोडिएको पर्वत जिल्लामा पनि अवस्था कास्कीकै जस्तो बनेको छ। एमालेका नेताहरूले सामान्यतः गुट नभएको बताउँदै आएको भए पिएस पृथ्वी सुब्बा र अधिकारी गुटले कास्कीमा जस्तो प्रभाव पारेको थियो पर्वतमा पनि त्यस्तै नै देखिएको छ।

सुब्बा लमजुङ घर भएका नेता हुन भने अधिकारीको घर कास्की हो। दुवै शक्ति गण्डकी प्रदेशबाट भएकोले उनीहरूबिच आफ्नो पकड कायम गर्ने होडबाजी चल्दै आइरहेको छ।

एमाले पर्वतको १० औँ महाधिवेशन गत मङ्गलवारदेखि सुरु भएको थियो। सुरुबाट नै सहमतिका लागि नेताहरूबीच कुरा हुँदै आएको भए पनि नवौँ महाधिवेशनमा जस्तो सर्वसम्मतको सम्भावना नरहेको कुराहरू सुरुबाटै बाहिरिएका थिए।

पर्वतमा मुख्य गरी वर्तमान कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका दुई ‘प्यानल’ देखिएका छन्।

मन्त्री गिरीको प्यानल प्रदेशमा खगराज अधिकारी पक्षमा झुकाव राख्छ भने तिमिल्सिना पक्षले पृथ्वी सुब्बाको समूहमा झुकाव राख्दै आएको एमालेकै नेताहरूले समेत बताउँदै आएका छन्। अधिकारी र गुरुङले पर्वतको अधिवेशनमा आफ्नो ‘इन्ट्रेस्ट’ लाद्न खोजे वा खोजेनन् त्यो उनीहरूकै ठाउँमा छ। तर पर्वतको अध्यक्ष बन्नका लागि इच्छा देखाएका मुख्य तीन पात्रहरूको विषयमा सहमति जुट्न भने सकेन।

नवौँ महाधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष बनेका राजु प्रसाद पौडेलले फेरि पनि आफू नै अध्यक्षमा दोहोरिन खोजे। उनकै पक्षधर मानिने उपाध्यक्ष पदमपाणी शर्माले पनि अध्यक्षमा दाबी गर्दै आएका थिए भने सचिव गोविन्द पहाडीले पनि अध्यक्षमा लड्ने मनस्थिति बनाएका थिए। तर राजनीति गुटगत रूपमा अगाडि बढे पनि शर्माले एमालेकै कोही व्यक्तिलाई ‘राजु सर्वसम्मत रूपमा अध्यक्ष बन्ने भएमा आफू ब्याक हुन तयार’ रहेको अभिव्यक्ति दिएका थिए। राजु र शर्मा दुवै जना तिमिल्सिना पक्षका नेताका रूपमा चित्रित छन्। कसैले पदमा दोहोरिएर बस्नुभन्दा अर्कोले पनि नेतृत्व गर्न पाउने भएकाले अध्यक्षमा राजुलाई दोहोर्‍याउन नहुने पक्षमा रहेको मन्त्री गिरीको पक्षबाट पहाडीले अध्यक्षबाट ‘ब्याक’ हुन मानेनन्।

शर्माले राजुलाई सघाउने सङ्केत दिएकोले तिमिल्सिना पक्षबाट राजु र गिरी पक्षबाट पहाडी अध्यक्ष पदमा प्रमुख दाबेदार देखिएका थिए। तर तिमिल्सिना पक्षबाट राजुलाई ‘ब्याक’ गरेर शर्मालाई अध्यक्षका रूपमा अगाडि सारिएपछि अबको चुनाव गोविन्द पहाडी र पदमपाणी शर्माबिच हुने भएको छ।

पहाडी लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय छन्। जिल्ला सदस्य, उपसचिव, सचिवको कार्यकाल पूरा गर्दै यहाँसम्म आएका उनी लामो समय गैरसरकारी संस्थामार्फत सामाजिक सेवामा सक्रिय थिए। पर्वत अस्पतालका निवर्तमान अध्यक्षसमेत हुन्। पहाडीले सबै पेसा व्यवसाय छाडेर राजनीतिमा होमिएका व्यक्ति हुन्।

अर्का उम्मेदवार शर्मा यसअघि पार्टीको जिल्ला सदस्य, सचिवालय सदस्य, उपसचिव, सचिव हुँदै उपाध्यक्षको कार्यभार पूरा गरेका व्यक्ति हुन्। उपाध्यक्ष भएपछि अध्यक्षमा जानुपर्ने भएकोले आफूले उम्मेदवारी दिएको उनले बताएका छन्। शर्मा पनि विद्यार्थी कालदेखि नै राजनीतिलाई मुख्य पेसाका रूपमा अँगाल्दै आएका छन्।

पहाडीको ‘प्यानल’ बाट उपाध्यक्षमा विमल लामिछाने, सचिवमा सुवासचन्द्र पौडेल र उपसचिवमा बिन्दु अधिकारी र चण्डी भुर्तेल उम्मेदवार रहेका छन् भने शर्माको प्यानलमा उपाध्यक्षमा मीनप्रसाद श्रेष्ठ, सचिवमा शिवप्रसाद पौडेल, उपसचिवमा जीवन उचै ठकुरी भिड्दै छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP