Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

सत्ता गठबन्धनको बैठक बस्दै, सुदूरपश्चिम सरकार गठन र संसद बैठक एजेन्डा

काठमाडौं : सत्ता गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बिहान ९ बजे बोलाइएको छ।

आजको बैठकमा सुदूरपश्चिम सरकार निर्माणमा देखिएको झमेला र संसदको अवरोधको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय आज साँझ सकिन लागेको हो।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आजको बैठकमा सुदूरपश्चिममा आफ्नो पार्टीले मुख्यमन्त्रीले दाबी पेश गर्ने बताएकी छन्। श्रेष्ठले मुख्यमन्त्रीमा कैलाश चौधरीलाई अघि सारेकी छन्। उनले आजै धनगढी जाने भन्दै त्यसअघि गठबन्धनको बैठक बस्न लागेको बताइन। तर संरक्षक रेशम चौधरी पक्षले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेपछि विवाद छ।

नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले भने आइतबार कैलाश चौधरीले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताए।

गठबन्धनको बैठकमा आजदेखि अन्त्य हुन लागेको संसदको अधिवेशनका बारेमा पनि छलफल हुने बताइएको छ। आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। आज हिउँदे अधिवेशनको अन्तिम बैठक हो।

आज रातिबाट अधिवेशन अन्त्यका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिग गरिसकेको छ। कांग्रेसले संसद अवरोध गरेकोले अधिवेशन अन्त्य गर्नुपर्ने सत्तारुढको तर्क छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूहरुले संसदमा उठाउँदै आएका माग छल्न सरकारले संघीय संसदको हिउँदे अधिवेश नै अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको टिप्पणी गरेको छ।

संसद बैठक बस्नु अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP