Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिनु गलत : गृहमन्त्री लामिछाने

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिनु गलत भएको बताउँदै परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन्।

आइतवार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान– २०८१’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्। उनले सवारीचालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी गलत भएको दाबी गरे। गृहमन्त्री लामिछानेले ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई कडाइका साथ निर्मम हुन आवश्यक रहेको बताए।

उनले सवारीसाधन राम्रोसँग चलाउन आएपछि रोड टेस्ट गरेर मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग रहेको स्पष्ट पारे। गृहमन्त्री लामिछानेले सीपबिना रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेको दाबी गरे। उनले सडक दुर्घटनामा बाइक चालकहरूको संख्या बढी रहेको भन्दै त्यसलाई सुधार्न लाइसेन्स दिने प्रक्रियामै सुधार गर्नुपर्नेमा जोड दिए।

उनले ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा तर त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढङ्गले सवारी चलाएको छ कि छैन ? भन्ने कुरा नियमन गर्ने निकाय अर्को भएकाले पनि समस्या भएको बताए।

लामिछानेले भने, ‘दुर्घटना न्यूनीकरण राज्यको दायित्व हो। नागरिकको ज्यान बचाउनु सबैभन्दा ठूलो दायित्व हो। सुरक्षित ढङ्गले सवारी सञ्चालन हाम्रो लागि प्राथमिकता हुनुपर्छ। म त भन्छु रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी छ। त्यो ठिक छैन। त्यसलाई परिमार्जन गर्न सक्नुपर्छ। सडकमा सवारी बोकेर जाने मानिसलाई ट्राफिक नियम थाहा हुनुपर्छ र राम्रोसँग सवारी बोक्नसक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्छ भन्ने कुरामा म अडिग छु।’

उहाँले दुर्घटना न्यूनीकरण राज्यको दायित्व भएको भन्दै नागरिकको ज्यान बचाउनु सबैभन्दा ठूलो दायित्व भएको बताए। उनले सुरक्षित सवारीसाधनको सञ्चालन राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP