Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

काँग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको छ : अध्यक्ष ओली

काठमाडौँ : नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाएका छन्।

आइतवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभाको चालू अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताए। उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिन ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरूप हिउँदे अधिवेशन अन्त्य गर्नुपरेको बताए।

उनले हिउँदे अधिवेशन अन्त्यको सन्दर्भमा नेपाली काँग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको बताए। उनले संसद् पुराना अनुभव लिएर चल्नुपर्ने भन्दै संसदीय प्रणालीलाई रक्षा गर्नुपर्ने बताए।

उनले नेपाली काँग्रेस ढिपी र जिद्दीमा जाने गरेको भन्दै यस्तो तरिका काँग्रेसले सच्याउनुपर्ने बताए। नेपाली काँग्रेसले संयमित ढंगले विधिअन्तर्गत समाधान खोज्नुपर्ने बताए।

ओलीले भने, ‘हिउँदे अधिवेशन र बजेट अधिवेशन शुरु हुन १५ दिनको ग्याप राख्नैपर्छ। जेठ १५ गते कुनै अलमल बिना बजेट प्रस्तुत गर्नुपर्छ। त्योभन्दा अगाडि नीति, कार्यक्रम पास गर्नुपर्छ। त्यसो भएको हुनाले काँग्रेसले आक्रोश, पीडाले जे पायो त्यही बोलिराखेको छ। यस्तो गर्नुहुँदैन। संसदीय प्रणालीलाई हामीले रक्षा गर्नुपर्छ।’

अध्यक्ष ओलीले प्रतिनिधिसभाबाट विधेयक पारित गर्न अघिल्लो सरकारले ध्यानै नदिएको बताए। उनले वर्तमान सरकार भर्खर आएकाले धेरै विधेयक परित गर्न नसकेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP