Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

निजी अस्पतालले पनि बिमाको सुविधा दिने व्यवस्था गर्छौँ : मन्त्री पौडेल

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूले पनि बिमाको सुविधा दिनुपर्ने बताएका छन्।

शुक्रवार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालले पनि बिमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताएका हुन्। उनले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बिमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्था अन्त्य गर्दै सबै अस्पतालमा बिमा सुविधा हुनुपर्ने बताए।

त्यसका लागि बिमा बोर्ड शक्तिशाली हुनुपर्ने स्पष्ट पारे। उनले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि बताए। कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बिमा व्यवस्थित गर्न नसकिने उनको स्वीकारोक्ति छ।

मन्त्री पौडेलले भने‚ ‘अब सरकारी अस्पतालमा मात्रै बिमाको सुविधा लिन पाइने‚ निजीमा नपाइने भन्ने हुँदैन। शुल्क तलमाथि भयो भने उपभोक्ताले रोज्ने कुरा भयो। बिमा बोर्डले रेगुलेट मात्रै गर्ने हो कार्यान्वयन गर्ने होइन। रेगुलेट गर्ने निकाय पनि एउटै‚ कार्यान्वयन गर्ने पनि एउटै। अनि कसरी व्यवस्थित हुन्छ ?’

उनले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पताललाई आग्रह गरे। उनले दैनिक के–कति विपन्न नागरिकको उपाचार भयो भन्ने कुरा बेलुका सार्वजनिक गर्न आग्रह गरे। उनले विपन्नलाई कसैको सिफारिसभन्दा पनि नीति बनाएर पारदर्शी ढंगले सेवा दिनुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP