Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

८६ हजार निजामती कर्मचारीमध्ये भेटिएनन् एकजना पनि ‘सर्वोत्कृष्ट’

काठमाडौं : यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारीविनै निजामती दिवस मनाइने भएको छ। शनिबार २१औँ निजामती दिवस मनाइँदै गर्दा सरकारले विगतका सात वर्षमा जस्तै यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेट्टाउन नसकेको हो।

निजामती सेवाका ८६ हजार कर्मचारी रहँदा पनि सरकारले एकजना पनि सर्वोत्कृष्ट भेट्न नसकेको हो। योग्य र सक्षम कर्मचारी नभेटेपछि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार यो वर्ष पनि कसैलाई नदिइएको स्रोतले जनाएको छ।

शुक्रबार अपराह्न निजामती पुरस्कार सिफारिस छनोट समितिको बैठक बसेको थियो । बैठकपछि संघीय मामिला तथ सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले यो वर्ष पनि सर्वोत्कृष्ट निजामती पुरस्कार कसैलाई नदिने स्पष्ट पारे। उनका अनुसार यो वर्ष २० कर्मचारीले निजामती सेवा पुरस्कार र २० ले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेछन्।

मुख्यसचिवको अध्यक्षतामा सर्वोत्कृष्ट तथा निजामती पुरस्कार सिफारिस समिति गठन हुन्छ। समितिमा संघीय मामिला तथा अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी हुन्छन्।

सर्वोत्कृष्ट पुरस्कार दुई लाख रुपैयाँको छ। २०७३ सालमा भने शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार दिइएको थियो। सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार हालसम्म चारजनाले मात्रै पाएका छन्।

२०६८ सालमा तत्कालीन परीक्षा नियन्त्रक सूर्य गौतम, २०६९ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव भगवतीकुमार काफ्ले र २०७० मा उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त भाइकाजी तिवारीले पुरस्कार हात पारेका थिए।

निजामती सेवा दिवसका अवसरमा २०६१ सालदेखि सरकारले सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती सेवा पुरस्कार दिन थालेको थियो। सर्वोत्कृष्ट कर्मचारी छान्ने क्रम २०७४ सालदेखि हुन नसकेको हो।

निजामती सेवा नियमावलीले सर्वोत्कृष्ट तथा उत्कृष्ट पुरस्कार पाउने कर्मचारीको न्यूनतम आधार र मापदण्ड तोकेको छ। पुरस्कार पाउन त्यस वर्ष व्यक्तिगत या संस्थागत रूपमा विशेष योगदान पुर्‍याएको, निजामती सेवामा प्रवेश गरेको कम्तीमा आठ वर्ष पुगेको, कुनै पनि विभागीय सजाय नपाएकोलगायत मापदण्ड तोकिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP