Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

भारत र अष्ट्रेलियाबीच नवीकरणीय ऊर्जामा साझेदारी

एजेन्सी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले दुई राष्ट्रबीचको लगानी बढाउने उद्देश्यले नवीकरणीय ऊर्जामा साझेदारीको शुभारम्भ गरेका छन्।

दुई देशका प्रधानमन्त्रीले आधिकारिक घोषणा ब्राजिलमा भएको जी–२० शिखर सम्मेलनको क्रममा गरेका हुन्।

नवीकरणीय ऊर्जा साझेदारीको लक्ष्य सौर्य पीवी, हरित हाइड्रोजन, र ऊर्जा भण्डारण जस्ता प्राथमिकताका क्षेत्रहरूमा व्यावहारिक सहयोगको लागि ढाँचा उपलब्ध गराउनु हो।

यस साझेदारीले भारत—अष्ट्रेलियाबीच सौर्य पीवी, हरित हाइड्रोजन, ऊर्जा भण्डारण, नवीकरणीय ऊर्जा परियोजनाहरूमा द्विपक्षीय लगानी र सम्बद्ध क्षेत्रहरू जस्ता प्राथमिकताका क्षेत्रहरूमा व्यावहारिक सहयोगको लागि रूपरेखा प्रदान गर्ने गर्दछ।

भारतीय प्रधानमन्त्री मोदीले यस साझेदारीले भारत—अष्ट्रेलिया आर्थिक सहयोग र व्यापार सम्झौताअन्तर्गत सक्षम वस्तु र सेवाहरूको लागि बढ्दो द्वि—तर्फी व्यापार, व्यापार संलग्नता र बजार पहुँचलाई थप उचाईमा पुर्‍याएको बताए।

यसैगरी, अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले सन् २०२५ मा हुने क्वाड नेताहरूको शिखर सम्मेलनमा भाग लिन भारतको निमन्त्रणा स्वीकार गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP