Trending
flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु

चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरूद्ध भ्रष्टाचार आरोप, अनुसन्धान जारी

एजेन्सी

भ्रष्टाचारविरोधी कारबाहीमा परेका एक वरिष्ठ सैनिक अधिकारीलाई ‘अनुशासनको गम्भीर उल्लङ्घन’ गरेको आरोपमा पदबाट हटाइएको बेइजिङले बिहीबार जनाएको छ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले पत्रकार सम्मेलनमा भने, “सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले मियाओ हुआलाई अनुसन्धान नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ।”

वुले बेइजिङको शक्तिशाली सेन्ट्रल मिलिटरी कमिसन सीएमसीका सदस्य तथा एडमिरल मियाओविरुद्ध लगाइएको आरोपबारे थप जानकारी दिएनन्।

मियाओ चीनको केन्द्रीय सैन्य आयोगमा राष्ट्रपति सी चिनफिङसहित अन्य पाँच सदस्यसँगै कार्यरत थिए।

उनले चिनियाँ सैन्य आयोग सीएमसीको राजनीतिक कार्य विभागको नेतृत्व गरेका थिए। यो शीर्ष सैन्य निकायको सबैभन्दा महत्त्वपूर्ण कार्यालय हो।

एशिया सोसाइटीका वरिष्ठ फेलो लाइल मोरिसले मियाओलाई सीको ‘घनिष्ठ सहयोगी’ र सेना र पार्टीबीच ‘विश्वसनीय वार्ताकार’ का रूपमा वर्णन गरेका छन्।

बेइजिङले गत वर्ष सशस्त्र बलमा कथित भ्रष्टाचारविरुद्ध कडा कदम चालेको बताएको थियो र यसै महिना सीले सेनालाई भ्रष्टाचार निर्मूल पार्न र आफ्नो ‘युद्ध तयारी’ लाई मजबुत बनाउन आदेश दिएका थिए।

ब्लुमबर्गले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, “सेनामा भ्रष्टाचारविरोधी अभियानको तीव्रता आंशिक रूपमा देखिएको छ र यसले भविष्यमा युद्ध गर्ने चीनको क्षमतामा असर पार्न सक्छ भन्ने डर उब्जिएको छ।

एक विशेषज्ञले एएफपीसँग भने, “मियाओलाई हटाउँदा सीको कडा प्रयासका बावजुद पीएलएमा भ्रष्टाचार र अनुशासनका मुद्दाहरूको सहनशीलता प्रकट हुन्छ।”

सिंगापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका सहायक प्राध्यापक डिलन लोहले भने, “मलाई लाग्छ, स्पष्ट प्रतिष्ठाको बावजुद खुला र सार्वजनिक रूपमा यी अनुसन्धानहरू अझै पनि भइरहेका छन् र यसले सीको भ्रष्टाचारलार्ई जरैदेखि उखेलेर फाल्ने सङ्कल्पलाई देखाउँछ।

नौसेनाका पूर्व कमाण्डर डोङलाई गत डिसेम्बरमा रक्षामन्त्रीमा नियुक्त गरिएको थियो भने सात महिनामै पूर्ववर्ती ली शाङफुलाई अचानक पदबाट हटाइएको थियो।

लीलाई पछि घूस खोरीलगायत अपराधमा कम्युनिस्ट पार्टीबाट निष्कासित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। त्यसयता उनी सार्वजनिक रुपमा देखिएका छैनन्।

उनका पूर्ववर्ती वेई फेङहेलाई पनि पार्टीबाट निस्काशित गरी भ्रष्टाचारको आरोपमा अभियोजकहरूलाई हस्तान्तरण गरिएको थियो। चीनको परम्परागत र आणविक क्षेप्यास्त्रको विशाल भण्डारको रेखदेख गर्ने चीनको गोप्य रकेट फोर्सको विशेष गरी गहन अनुसन्धान भइरहेको छ।

गत जुलाईमा रकेट फोर्सका एक उच्च चिनियाँ अधिकारी सन जिनमिङलाई पार्टीबाट निकालियो र भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा ल्याइयो।

चिनियाँ सेनाको अपेक्षाकृत नयाँ एकाइ रकेट फोर्ससँग सम्बन्धित कम्तीमा दुई अन्य उच्च पदस्थ अधिकारीहरूलाई पनि भ्रष्टाचारको आरोपमा हटाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP