Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

हिमालय एयरले चैत १८ देखि पोखरा-ल्हासा उडान गर्ने

 

काठमाडौँ : पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ वर्षपछि हिमालय एयरलाइन्सले पहिलो व्यावसायिक उडान सुरु गर्न लागेको छ। हिमालयले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको हो।

काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्नेगरी उडान गर्न लागेको हिमालय एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ।

पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्नेगरी उडान तालिका निर्धारण गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग उडान अनुमति लिइसकेको छ।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हिमालय एयरलाइन्सले ल्हासामा पहिलो ‘सेडुअल फ्लाइट’ गर्नेगरी उडान अनुमति मागेको छ। ल्हासा उडान प्रक्रिया अन्तिम चरणमा छ।

त्यसैगरी, चीनको सिचुवान एयरलाइन्सले आगामी चैत ५ गतेदेखि पोखरा–छेन्दु गन्तव्यमा व्यावसायिक उडान गर्ने तयारी गरेको छ। यद्यपि, क्यानबाट उडान अनुमतिलगायत प्रक्रिया पूरा भइसकेको छैन।

पोखरा–छेन्दु सातामा एक उडान गर्ने तयारी भएको एयरलायन्सले जनाएको छ। सिचुआन एयरलाइन्सको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्सी (जिएसए) सोसाइटी इन्टरनेसनल रहेको छ।

क्यानका सूचना अधिकारी भूलले यो उडानले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय नियमित उडान भएको सन्देश जाने विश्वास व्यक्त गरे।

नेपालको पर्यटकीय राजधानी पोखरा र विश्वप्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासाबीच हवाई सम्पर्क सञ्जाल विस्तार गर्न लागिएको हो। योसँगै नेपालमा चिनिया पर्यटक बढ्ने विश्वास लिइएको छ।

हिमालय एयरलाइन्सले हाल काठमाडौँबाट ल्हासा एक सातामा ५ उडान गरिरहेको छ। पोखराबाट पनि ल्हासामा थप एक उडान गर्न लागेको हो।

“हिमालय एयरलाइन्सले चैत १८ देखि उडान गर्नेगरी उडान अनुमति मागेको छ, अनुमतिको प्रक्रियामै छ”, क्यानका सूचना अधिकारी भूलले भने, “काठमाडौँ–ल्हासा पोखरा र पोखरा–ल्हासा काठमाडौँ उडान गर्नेगरी अनुमतिको प्रक्रियामा छ।”

उनका अनुसार हिमालय एयरलाइन्सको जहाज सोमबार ल्हासाबाट पोखरा आउनेछ र मङ्गलबार पोखराबाट ल्हासा जानेगरी सातामा एक उडान अनुमति मागेको छ।

मागअनुरुप भविष्यमा उडान थप्न सकिने क्यानले जनाएको छ। सिचुवान एयरलाइन्सको उडान मिति भने तय भइनसकेको उनले बताए। सिचुवान एयरलाइन्सले पोखराबाट काठमाडौँ परीक्षण उडान गरिसकेको छ।

पोखराबाट चीनका विभिन्न गन्तव्यमा सिधा उडान हुने भएपछि व्यवसायी उत्साहित भएका छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहरीले पोखराबाट चीनका विभिन्न सहरमा हुन गइरहेका सिधा उडानले व्यवसायी उत्साहित भएको बताए।

“पोखरा विमानस्थल निर्माण भएको दुई वर्षपछि पहिलोपटक नियमित व्यावसायिक उडान हुँदै छ। यसले पोखरेली जनतालाई उत्साहित तुल्याएको छ”, उनले भने।

पोखरा पर्यटन परिषद्ले आगामी चैत ५ गते पोखराबाट छेन्दु जाने पर्यटकका लागि प्याकेजसमेत बनाएको जनाएको छ। छेन्दुबाट पनि व्यवसायी आउने र पोखराबाट पर्यटन व्यवसायी गएर छेन्दुमा बिजनेस टू बिजनेश (बिटुबी) कार्यक्रम गर्ने तयारी गरिएको अध्यक्ष पहरीले जानकारी दिए।

एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले पोखराबाट छेन्दु उडान सुरु भएसँगै सुस्त ग्रीष्मकालीन याममा पनि पर्यटक बढ्ने अपेक्षा गरिएको बताए।

उनले काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सुरु गरिएको यस उडानले एयरलाइन्सको दुई राष्ट्रका नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे।

राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तरराष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएको थियो। हालसम्म विभिन्न एयरलाइन्सका ११ चार्टर्ड उडान भएको पोखरा विमानस्थलका प्रवक्ता जशोधा सुवेदीले जानकारी दिइन्।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो। त्यसको ६ महिनापछि पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP