काठमाडौं : नेपाल बीमा प्राधिकरणको ५७औँ वार्षिकोत्सवको अवसरमा बीमा सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउँदैछ।
वार्षिकोत्सवको अवसरमा प्राधिकरणले आज आज काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।
काठमाडौंको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी ¥याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटी मण्डपमा पुगेर सभामा परिणत भएको थियो।
२०२६ साल जेठ १ गते स्थापना भएको तत्कालिन बीमा समिति २०७८ साल कार्तिक २२ गतेबाट नयाँ बीमा ऐन अनुसार नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भई बीमा क्षेत्रको नियमनमा भूमिका खेलिरहेको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया