Trending
समाज सार्वजनिक स्थानमा धुम्रपान गर्न ‘स्मोकिङ जोन’ बनाउनुपर्ने माग राजनीति हस्तक्षेप र अपरेशनविरुद्ध देशव्यापी संघर्षका कार्यक्रम घाेषणा अन्तर्राष्ट्रिय भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु flash नेपालमा हरेक महिना मोबाइलको आयात बढ्दै खेल महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा शनिबार चार खेल समाज गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु flash प्रधानमन्त्री कार्कीले आज दिउँसो बालुवाटारमा शीर्ष नेताहरुसँग छलफल flash मिश्रले दिए जनजागृतिका ६० विद्यार्थीलाई न्यानो कपडा अन्तर्राष्ट्रिय क्याम्बोडिया–थाइल्यान्ड सीमामा झडप जारी, शान्ति वार्ता असफल हुने खतरा flash जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था

गलामा देशको झण्डा बेरेर विदेशिनु पर्ने यो कस्तो बाध्यता

 

काठमाडौँ : वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढिरहँदा नेपाल बूढाबूढीको देश हुने चिन्ता बढेको छ। स्वदेशमा रोजगारीका अवसर नभएपछि दैनिक करिब दुई हजार युवा रोजगारीका लागि विदेश गइरहेका छन्।

गत आर्थिक वर्ष २०८१-८२ मा वैदेशिक रोजगारीमा जान ८ लाख ३९ हजार २६६ युवाले श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ। ​प्रतिमहिना औसतमा ६९ हजार ९३९ र प्रतिदिन दुई हजार ३०० जनाले स्वीकृति लिएको देखिएको छ।

वैदेशिक रोजगारीमा जाने यो हालसम्मकै उच्च हो। गत आवमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये नयाँ श्रम स्वीकृति लिने ६० प्रतिशत र पुनः श्रम स्वीकृति लिने ४० प्रतिशत छन्।

नेपाली श्रमिकका १० प्रमुख श्रम गन्तव्य देशमा क्रमशः संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया, क्रोएसिया र बहराइन रहेका छन्।

विभागका अनुसार गत वर्ष सबैभन्दा बढी संयुक्त अबर इमिरेट्स (यूएई) मा र साउदी अरब, कतार, कुवेत, ओमान, दक्षिण कोरिया, जापान र मलेसिया, बहराइनलगायत युरोप गरी ६९ देशमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर गएका छन्।

गलामा नेपालको राष्ट्रिय झण्डा बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जापान उड्नका लागि गोरखा पालुङटारबाट आएका सञ्जय नहर्की देशको अवस्था राम्रो भए विदेशिन नपर्ने बताउँछन् । मकवानपुरका लिलाराज सुनार आफ्नो छोरा २५ वर्षीय राकेश सुनारलाई बिदाइका हात हल्लाउँदै मन भारी बनाइरहेका थिए। रामेछाप लिखु तामाकोशीका राजीव कार्की वैदेशिक रोजगारीका लागि साउदी जाँदै गर्दा आफ्ना दुई सन्तान र श्रीमतीसँग बिदा हुँदै थिए ।  थाहा खबर

 

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP