घनश्याम भर
विजयनगर, १३ बैशाख ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-१ भगीरामपुरमा नेपाल जलवायु नमुना कार्यक्रम अन्तर्गत विभिन्न विकास योजना छनोटका लागि सरोकारवाला समुदायसँग छलफल तथा राय-सुझाव संकलन गरिएको छ । यहाँ गाउँपालिकाकाे टीमले आइतबार स्थानीयहररुसँग सम्भावित याेजनाका लागि स्थलगत निरीक्षण गर्दै छलफल गरेकाे हाे ।
कार्यक्रममा जनप्रतिनिधि, किसान समूह, महिला समूह, युवा समूह लगायत स्थानीय समुदायको सहभागिता रहेको थियो । सहभागीहरूले क्षेत्रको आवश्यकता अनुसार विभिन्न योजना प्रस्ताव गर्दै सुझाव दिएका थिए ।
छलफलका क्रममा लिफ्ट सिँचाइ योजना, हरित पैदलमार्ग निर्माण, मगर सङ्ग्रहालय स्थापना, गुम्बा नजिक सार्वजनिक शौचालय निर्माण, प्रतीक्षालय निर्माण, खानेपानी व्यवस्था, वृक्षारोपण तथा तारजाली व्यवस्थापन, चौपारी निर्माण र सोलार बत्ती जडान लगायतका योजनाहरू प्रस्ताव गरिएको छ ।
उक्त कार्यक्रमका लागि विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, प्राविधिक अधिकृत हेमन्त कुमार चौधरी, सब-इन्जिनियर कृष्ण कुमार चौधरी तथा योजना शाखा प्रमुख प्रदीप अधिकारीले सम्भावित योजनाहरूको स्थलगत निरीक्षण गरेका हुन् ।
स्थानीयवासीहरूले जलवायु अनुकूल तथा दिगो विकासका योजनाले भगीरामपुर क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया