घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १३ बैशाख ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा महिला लघुवित्त वित्तीय संस्थाले केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । कार्यक्रम महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय प्रेमनगरको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले वित्तीय पहुँच विस्तारसँगै महिलाको आर्थिक सशक्तीकरणमा यस्ता तालिम प्रभावकारी हुने बताए । उनले ग्रामीण क्षेत्रमा बचत, लगानी र उद्यमशीलता विकासका लागि वित्तीय साक्षरता आवश्यक रहेको उल्लेख गरे ।
त्यस्तै महिला लघुवित्त वित्तीय संस्था लिमिटेड लुम्बिनी प्रदेशका केन्द्र प्रमुख रमेशचन्द्र न्यौपानेले संस्थाले महिलालाई स्वरोजगार, बचत तथा आयआर्जनका क्षेत्रमा जोड्दै आएको जानकारी दिए । प्रेमनगर शाखाका प्रमुख श्रीनिवास शर्माले सहभागी केन्द्र प्रमुखहरूलाई संस्थाको सेवा, ऋण परिचालन, बचत व्यवस्थापन तथा वित्तीय अनुशासनबारे सहजीकरण गरेेका थिए ।
कार्यक्रममा विभिन्न केन्द्रका प्रमुख तथा सेवाग्राही महिलाहरूको सहभागिता रहेको थियो । आयोजकले तालिमबाट महिलाहरूमा वित्तीय ज्ञान अभिवृद्धि हुनुका साथै आत्मनिर्भर बन्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया