Trending
flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन flash कृष्णनगरमा सांसद पुनम अग्रवालसँग छलफल तथा अन्तरक्रिया flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम

शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १४ बैशाख ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-५ डालपुरमा अस्थित शिव माध्यमिक विद्यालयमा ४ कोठे भवन शिलान्यास, भर्चुअल शिक्षण सेवा, ई-लर्निङ पुस्तकालय तथा विज्ञान प्रयोगशालाकाे उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका प्रधानाध्यापक बालजी प्रसाद यादवका अनुसार ६२ लाख रुपैयाँको लागतमा नयाँ ४ कोठे भवन निर्माण हुन लागेको हो भने १० लाख रुपैयाँको लागतमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शिक्षा क्षेत्र सुविधा सम्पन्न र प्रविधिमैत्री बन्दै गएको उल्लेख गर्दै “विद्यालय मेरो भविष्य हो” भन्ने सोँचका साथ सबै पक्ष लाग्नुपर्ने बताए । उनले विकासका लागि दीर्घकालीन योजना र सोँच आवश्यक रहेको भन्दै गाउँपालिकाले विद्यालयलाई टिनको छानामुक्त अभियान सञ्चालन गरिरहेको जानकारी दिए । विद्यालयका आवश्यकताहरू क्रमशः पूरा गर्दै अगाडी बढ्ने अध्यक्ष थापाले प्रतिबद्धता समेत व्यक्त गरे ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र समुदायबीच त्रिपक्षीय जागरुकता आवश्यक रहेको बताए । उनले विद्यालय व्यवस्थापन समितिहरूको सक्रियता अझ बढाउनुपर्नेमा जोड दिँदै अभिभावकले पनि आफ्ना बालबालिकाहरुका पढाईप्रति चाँसाे राख्नु आग्रह गरे ।

यसैगरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेश कुमार उपाध्यायले विद्यालयको शैक्षिक गुणस्तरीयता अभिवृद्धि तथा प्रभावकारी शिक्षाका लागि आफूहरू निरन्तर लागिपरेको बताए । भाैतिक संरचना निर्माणका साथै विद्यार्थीका सिकाई उपलब्धीमा उत्कृष्ट नतिजा ल्याउन अहाराेत्र खटिएको उनलेे जिकिर गरे ।

कार्यक्रमलाई ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान, लाैटनराम द्राेपदीदेवी माविका प्रधानाध्यापक श्याम प्रकाश चाैधरी, त्रिनेत्र माविका व्यवस्थापन समिति मधुनगर-साेनवर्षाका अध्यक्ष विजय कुमार चाैधरी लगायतले सम्बोधन गरेका थिए ।

 

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP