Trending
flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन flash कृष्णनगरमा सांसद पुनम अग्रवालसँग छलफल तथा अन्तरक्रिया flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम

विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया

विजयनगर, १४ बैशाख ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा सिविआर कार्यक्रम अन्तर्गत पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका २०६९ सम्बन्धी सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको अपाङ्ग उत्थान समाजका कपिलवस्तुका सचिव ढाकाराम अधिकारीले जानकारी दिए ।

अपाङ्ग उत्थान समाज कपिलवस्तुको आयोजनामा, सामाजिक विकास डिभिजन कार्यालय तौलिहवाको सहयोग तथा विजयनगर गाउँपालिकाको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सरकारी कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी तथा सरोकारवाला निकायका व्यक्तिहरूको सहभागिता थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहज पहुँच हुने संरचना निर्माण आजको आवश्यकता भएको बताउँदै स्थानीय तहका सबै सेवा, भवन र सञ्चार प्रणाली सबै नागरिकमैत्री तथा पहुँचयुक्त बनाउने विषयमा मार्गदर्शन भएको बताए । उनले आगामी याेजना, निति तथा कार्यक्रममा पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सम्बन्धी याेजना राख्ने प्रतिबद्धता जनाए ।

सार्वजनिक भवन, सडक, शौचालय, सूचना प्रणाली लगायतका संरचनामा पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने आयाेजकले जनाएको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर र सम्मानजनक जीवनयापनका लागि राज्यका हरेक संरचना पहुँचयुक्त हुनुपर्नेमा जाेड दिएकाे छ ।

कार्यक्रममा सहभागिहरूले स्थानीय तहमा निर्माण हुने भौतिक संरचनामा पहुँच मापदण्ड लागू गर्नुपर्ने, सूचना तथा सञ्चार माध्यमलाई समेत सबैका लागि सहज बनाउनुपर्ने विषयमा सुझाव दिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP