घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १५ बैशाख ।
कपिलवस्तुको विजयनगर गाउँपालिका-१ गोबरहवामा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ८ दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ । गाउँपालिकाले आयाेजना गरेकाे तालिममा ३० जना महिलाहरूको सहभागिता रहेको छ ।
उद्यम विकास सहजकर्ता शितल सुनारका अनुसार महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले उद्यमशीलता सम्बन्धी ज्ञान, सीप तथा व्यवसाय सञ्चालनका आधारभूत विषयमा प्रशिक्षण प्रदान गरिनेछ । उनले यसअघि वडा नम्बर ७ मा पनि यस्तै तालिम सञ्चालन गरिएको जानकारी दिइन् ।
कार्यक्रमलाई गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले महिलाहरू आर्थिक रूपमा सक्षम भए समाज र परिवार दुबै सशक्त बन्ने बताउँदै सीपमूलक तालिमलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले सिकेको सीपलाई व्यवहारमा प्रयोग गरी आम्दानी वृद्धि गर्न सहभागीहरूलाई सुझाव दिए । साथै गाउँपालिकाले महिलाहरूको आयआर्जन बढाउने यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै कार्यपालिका सदस्य दमन्ती राना तथा वडा नम्बर १ का वडा अध्यक्ष इन्नर थारुले तालिमले स्थानीय महिलाहरूलाई स्वरोजगार तथा साना उद्यम सञ्चालनतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
गाउँपालिकाले गरिबी न्यूनीकरण, रोजगारी सिर्जना तथा महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्दै विभिन्न सीपमूलक तथा उद्यम विकास कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया