Trending
राजनीति वामदेवको दावी : मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन राजनीति हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि म पहल गर्छु : प्रचण्ड राजनीति सबै प्रकारका यातायातका साधनको नियमन एउटै निकायबाट गरौँ : सोविता गौतम समाज बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै शिक्षा शिक्षक महासंघका अध्यक्ष सुवेदीले भने-२५ प्रतिशत युवाका लागि ठाउँ छाडेका छौँ राजनीति कार्यान्वयन हुन नपाउँदै अध्यागमनमा कर्मचारी खटाउने मापदण्ड परिवर्तन गर्ने चलखेल समाज २०८१/०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटना : २ हजार ५ सय ४९ जनाको मृत्यु समाज बर्दघाट सुस्ता पूर्व दूधमा आत्मनिर्भर राजनीति नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छ : प्रधानमन्त्री ओली राजनीति कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह

कामपाको ‘विवाद’ सुल्झिदै : कहिले, कस्तो आउला नीति तथा कार्यक्रम र बजेट ?

श्याम राई

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलबीच ‘टकराव’ भएको करिब तीन महिनापछि भेटवार्ता भएको छ। गत बुधबार राष्ट्रिय सभागृहमा भेटघाट गरी छलफल भएको हो। शुरुमा प्रमुख बालेन, उपप्रमुख सुनिता, वडा १७ का अध्यक्ष एवं प्रवक्ता नवीन मानन्धर, वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोल र वडा ३२ नम्बर वडाका अध्यक्ष नवराज पराजुलीबीच छलफल भएको थियो।

उक्त छलफल करिब दुई घण्टासम्म चल्यो। त्यसपछि प्रमुख बालेन र उपप्रमुख डंगोलले झण्डै दुई घण्टा एक्लाएक्लै छलफल गरेका थिए। यसअघि यसरी उनीहरुको औपचारिक संवाद हुन सकेको थिएन।

महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार उक्त छलफल सकारात्मक भएको छ। ‘छलफल एकदमै सकारात्मक रह्यो, अब छिटै समय मिलाएर कार्यपालिका बैठक बस्ने सहमति भएको छ,’ उनले भने,‘नीति तथा कार्यक्रम र बजेट प्रक्रिया पनि अगाडि बढाउने कुरा भएको छ।’

उक्त छलफल हुन थालेकाले अब विस्तारै महानगरमा उत्पन्न भएको विवाद सुल्झिने पनि देखिएको छ। प्रमुख साह, उपप्रमुख डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँबीच भएको टकरावका कारण पाँच महिना बढी समयदेखि कार्यपालिका बैठक बस्न सकेको छैन। २०८१ पुस १४ पुस गते १६औं नगरसभा बैठक बस्नुअगाडि बसेको कार्यपालिका बैठकपछि हालसम्म कार्यपालिका बस्न सकेको छैन।

त्यसअगाडि महानगरपालिका हरेक महिनामा एकचोटि कार्यपालिका बैठक बस्दै आएको थियो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ मा पनि ‘कार्यपालिका बैठक कम्तीमा महिनाको एकपटक बस्ने छ’ भन्ने उल्लेख छ।

कार्यपालिका बैठक बोलाउने जिम्मेवारी पनि पालिका प्रमुखलाई दिएको उक्त ऐनमा उल्लेख छ। लामो समयसम्म कार्यपालिका बैठक प्रमुख शाहले नराखेपछि १२ जेठमा उपप्रमुखसहित ४० जना कार्यपालिका सदस्यहरूले प्रमुख साहलाई ७ दिनभित्र कार्यपालिका बैठक बोलाउन ‘अल्टिमेटम’ नै दिएका थिए।

यसरी सुरु भएको थियो विवाद

काठमाडौँ महानगर विवादको मुल जड भने‚ ‘काठमाडौँ भ्यूटावर’ विवाद हो। सरकारले प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई नियुक्त गर्ने निर्णय गरेसँगै गत असोज ७ गते महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरेका थिए।

तर उनलाई पुरानो बसपार्कस्थित काठमाडौँ टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको आरोप लाग्यो। त्यसपछि महानगरपालिकाले उनीमाथि गत पुसमा छानबिन गर्न समिति गठन गर्‍यो। त्यसयता गुरागाईं निलम्बनमा परे।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा गुरागाईंलाई नै काम गर्ने वातावरण दिन आग्रह गरेको थियो तर बालेनले त्रूटिपूर्ण कार्य गरेको दाबीसहित ठाडै अस्वीकार गरे। सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा र बालेनले गुरागाईंलाई जिम्मेवारी नदिँदा करिब पाँच महिनासम्म कर्मचारी शिक्षकहरूले तलब पनि पाएनन्।

त्यसपछि प्रमुख बालेनविरुद्ध उपप्रमुख डंगोल आक्रामक बन्दै गइन्। त्यतिमात्रै होइन चैत २० गते वडाध्यक्ष र कर्मचारीहरूले ताला फोडेर उनै विवादित प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालयमा छिराए। उपप्रमुख सुनिताले गुरागाइँलाई स्वागत गरिन्।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालयमा छिराउने वेला महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने असहयोग गरेको भन्दै गुरागाईंले उनलाई ७ बुँदे स्पष्टीकरण सोधेँ। उनको जवाफ चित्तबुझ्दो नभएको भन्दै गुरागाईंले नगर प्रहरीप्रमुख पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिसकेका छन्। त्यसपछि झनै महानगर भद्रगोल अवस्थामा पुग्यो।

पछिल्लो समय प्रमुख शाह विवादमा पनि तानिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहले फ्रान्सको पेरिसमा भएको ७७औं कान्स फिल्म फेस्टिभलमा गरेको भ्रमणबारे अनुसन्धान गरिरहेको छ।

कहिले, कस्तो आउला नीति तथा कार्यक्रम र बजेट ?

महानगरपालिका प्रमुख साह र डंगोलकै आन्तरिक द्धन्द्धका कारण आव २०८२।०८३ को नीति तथा कार्यक्रम र बजेट पनि अन्योलमा परेको देखिएको थियो। तर अब उनीहरुको सहमति भएसँगै नीति तथा कार्यक्रम र बजेटको कामलाई महानगरले तीब्रता दिएको छ। महानगरपालिकाका सहायक प्रवक्ता काफ्लेले ऐनले तोकेको समयभित्रै नीति तथा कार्यक्रम र बजेट आउने जानकारी दिए।

‘विस्तारै यहाँ देखिएको विवाद टुंगिने देखिएको छ, छलफल पनि भइसक्यो। त्यसैले तोकिएकै समयमा नीति तथा कार्यक्रम र बजेट आउँछ, यसका लागि अहिले तीब्र रुपमा काम भइरहेको छ,’उनले भने।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा/नगरसभामा पेश गर्नुपर्ने व्यवस्था छ। स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेश गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

महानगरवासीकै हितमा आव २०८२।०८३ को नीति तथा कार्यक्रम र बजेट ल्याउने उनको दाबी छ। ‘बहुवर्षीय योजना नियमित नै हो,आउँछ,पूर्वाधार विकास,शिक्षा सुधार,सामाजिक लगायत पक्षलाई ध्यान दिएर नै नीति तथा कार्यक्रम र बजेट आउँछ,बाँकी रहेका आयोजनालाई समेटिने छ,’उनले भने।

महानगरपालिकाले आव २०८२।८३ को नीति तथा कार्यक्रमलाई नागरिक अपेक्षामा आधारित बनाउने लागिएको भन्दै यसका लागि सुझाव माग गरिसकेको छ।महानगरपालिकाले भनेको छ, ‘काठमाडौं महानगरपालिकाले आव ०८२।०८३ को नीति तथा कार्यक्रमलाई नागरिक अपेक्षामा आधारित बनाउने प्रयास थालेको छ, यसका लागि कुन-कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला? यहाँ दिइएका शीर्षकमा यहाँहरूले परिकल्पना गर्नुभएका न्यूनतम उपाय तथा योजनाको विवरण पठाउनुहोला।’

यसमा आएको सल्लाह सुझावअनुसारको योजना पनि समेटिने महानगरका प्रवक्ता काफ्लेले जानकारी दिए। ‘टोल टोलमा भेला गराइ समस्या सुनेका छौँ, बुझेका छौँ, महानगरपालिकाले नगरवासीको हितमै नीति तथा कार्यक्रम र बजेट ल्याउँछ’, उनले भने।

काठमाडौँ महानगरपालिकाले गत आव २०८१।८२ मा २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट ल्याएको थियो। ३० वटा स्वर्णिम योजनाका लागि २ अर्ब बजेट विनियोजन गरेको थियो।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP