Trending
समाज पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध खेल यूएईविरुद्ध टस जितेको नेपाल ब्याटिङमा समाज ‘मोन्था’ का कारण शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा flash आधारभूत विद्यालय नेवलागञ्जकाे सामाजिक परीक्षण कार्यक्रम सम्पन्न flash विजयनगर-५ डालपुरमा आगलागी, २ घर जले राजनीति ‘केपी ओलीसामू आत्मसमर्पण गर्नेहरूले विद्राेहकाे औचित्य पुष्टि भएन भनिरहेका छन्’ समाज ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको हवाई उद्धार प्रयास जारी : सेना राजनीति यही सरकार रहिरहन्छ कि के हुन्छ भन्ने प्रश्न उठेका छन् : माधव नेपाल flash सर्वोच्च अदालतमा दायर परेका रिट निवेदनमा आजदेखि सुनुवाइ समाज पाइलट विवेक खड्कालाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै

भारी हिमपातका कारण चराङ-लोमान्थाङ सडकमा सवारी

 

मुस्ताङ : भारी हिमपातका कारण चराङ-लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ।

चराङ-लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको ५ किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए। ‘चराङ-लोमान्थाङ सडकमा उक्त सडकमा आठ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको छ’, प्रहरी नायब उपरीक्षक लामाले भने।

मंगलबार लोमान्थाङ- २ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपीका सुरक्षाकर्मीहरुले छोसेर–कोरला सडकमा जमेको हिउँ पन्छ्याएका थिए। यसैगरी हिमपातका कारण असहज बनेको कागबेनी–मुक्तिनाथ सडक हाल सञ्चालन भएको उनले जानकारी दिए।

मंगलबार दिनभरको हिमपातका कारण उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा हिउँले सेताम्मे छन्। मंगलबार उपल्लो मुस्ताङको घमीदेखि कोरलासम्म र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको थियो। भारी हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको छ।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP