Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

प्रधानमन्त्री पुष्पकमल दाहालले आज कोप–२८ लाई संबोधन गर्दै

१६ मंसिर, काठमाडौं : जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२८) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संबोधन गर्दैछन्।

बिहीबारदेखि यूएईको दुबईमा सुरु भएको सम्मेलनलाई प्रचण्डले आज संबोधन गर्न लागेका हुन्। सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरले नेपालले भोगिरहेका समस्याका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउनेछन्। जलवायु परिवर्तनको असरका कारण भएको नोक्सानीबापत पाउनुपर्ने क्षतिपूर्तीबारे पनि कुरा उठाउने प्रधानमन्त्रीको तयारी छ।

प्रधानमन्त्री प्रचण्डले कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका पेचिला विषयलाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वानः जलवायु संकटबाट हामीलाई कसले जोगाउँछ?’ शीर्षकमा उच्चस्तरीय छलफल पनि आयोजना गर्दैछन्।

जलवायु परिवर्तनले सिर्जित विषम परिस्थिति र गहिरिँदो संकटको चेतावनीका पृष्ठभूमिमा भइरहेको सम्मेलनमा अघिल्ला वर्षमा पनि चर्चामा रहेका जलवायु परिवर्तनको प्रभाव र न्यूनीकरणका प्रयाससम्बन्धी धेरै विषयमा बृहत् छलफल हुँदै छ। सम्मेलनमा सहभागी हुन गएको प्रधानमन्त्री नेतृत्वको नेपाली टोली भोलि साँझ स्वदेश फर्कने तालिका छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP