Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

कांग्रेसको मिसन नै सुशासन र समुन्नत नेपाल : धनराज

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाली कांग्रेसको मिसन सुशासन र समुन्नत नेपाल रहेको बताएका छन्।

आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले नेपालको राजनीतिमा सुशासनको खडेरी परेको उल्लेख गरे।

अहिले केही राजनीतिक दलहरु मिसन २०८४ भनेर हिँडिरहेको भए पनि कांग्रेसको मिसन सुशासन र समुन्नत नेपाल रहेको बताए। उनले कांग्रेसले पार्टीलाई विचार प्रधान बनाएर लैजानुपर्ने बताए।

उनले चुनावमा मलाई जिताइदिनुस् भन्ने मिसन बोक्दा देश बिग्रिएको बताए। उनले भने, ‘आज नेपालको राजनीतिमा सुशासनको खडेरी परेको छ। त्यस कारणले गर्दा अब नेपाललाई फेरि सुशासनमा पुर्‍याउन, सुशासनको रोडम्यापमा ल्याउन जरुरी छ। कांग्रेसले लिने बाटोको सन्दर्भमा सुशासन नै हो। म भन्छु मिसन सुशासन नै हो, मिसन समुन्नत नेपाल नै हो नेपाली कांग्रेसका लागि।’

उपसभापति गुरुङले नेपाली राजनीति, संसदीय पद्धतिमा र बहुदलमा एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गाली गरेर बस्ने डरलाग्दो परिपाटी देखिएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP