२८ मंसिर, काठमाडौँ : सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
बिहीवार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद् सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।
उनले संसद्को गरिमा कायम राख्दै संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए। उनले संसद्को सन्दर्भमा विगतमा भएका बिडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभूतिलाई आफूले गम्भीरताका साथ लिएको बताए। उनले संसद्को गरिमालाई उच्च राख्नका संघीय संसद् सचिवालयले संविधानले व्यवस्था गरेअनुरूपको काम गर्नुपर्ने बताए।
उनले संसद्लाई प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए। उनले आर्थिक अवस्था कमजोर हुँदा संघीय संसद् सचिवालयले चाहेजस्तो काम गर्न नसकेकोतर्फ इंगित गर्दै मुख्य समस्या आर्थिक समस्या मात्रै नभएको उल्लेख गरे।
उनले भने, ‘म सभामुखको नाताले पनि भन्न चाहन्छु। नीति बनाउँद र कार्यान्वयन गर्दा हाम्रो सर्वोच्च विधायिका संस्था संसद्ले यी कुराप्रति गम्भीर भएर हामीले छलफल गरिरहेका छौँ कि छैनौँ ? तदनुकूलको आचरण र व्यवहार गर्न हामीले मेहनत गरिरहेका छौँ कि छैनौँ ? विश्वव्यापी रूपमै संसद्को भूमिका के हुन्छ ? संसद्को गरिमा कसरी राख्न सकिन्छ ? संसद्लाई कसरी प्रभावकारी पार्न सकिन्छ ? यसको विषयमा विगतका दिनदेखि अहिलेसम्म आइपुग्दाखेरी हामीले बिडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभूति गर्नुपर्ने कुरालाई मैले पनि गम्भीरतासाथ लिएको छु।’
सभामुख घिमिरेले संघीय संसद् सचिवालयका कर्मचारीहरूले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई सहयोग पुर्याउनुपर्ने पनि बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया