काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विना तयारीका आयोजनाहरु ठेक्का प्रक्रिया सरकारले अगाडि नबढाउने बताएका छन्।
आइतबार राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बैठकमा बोल्दै भौतिक मन्त्री ज्वालाले यस्तो बताएका हुन्।
उनले पूर्वतयारीबिना आयोजनाहरुको ठेक्का लगाउँदा आयोजनाहरु समयमै सम्पन्न नहुने तथा सरकारलाई बढी भार पर्ने गरेको भन्दै मन्त्रालयले आगामी दिनमा विना तयारीका आयोजनाहरु ठेक्का प्रक्रिया अगाडि नबढाउने उल्लेख गरे।
मन्त्री ज्वालाले विगतका सरकारले पूर्वतयारी विना आयोजनाहरुको ठेक्का लगाउँदा वर्तमान सरकारले पुरानै आयोजनाहरुको भार बोक्न बाध्य रहेको आरोप लगाए।
उनले आयोजनाहरुको तयारी विना टेण्डरपछि समस्या आउने र आयोजनाहरुको समय लामो हुने गरेको भन्दै विना पूर्वतयारीका आयोजनाहरु टेण्डर प्रक्रियामा नै नलैजाने जिकिर गरे।
मन्त्री ज्वालाले बहुवर्षिय ठेक्का मापदण्डअनुसार आयोजनाहरुको ठेक्का लाग्न इआइए,आइएइ र डिपिआर पूरा हुन आवश्यक रहेको बताए। उनले पछिल्लो समय सरकारले काम नगर्ने आयोजनाका ठेक्काहरु तोड्ने कामहरु पनि गरिरहेको उल्लेख गरे।
उनले ठेक्का तोड्दा पनि नयाँ ठेक्का प्रक्रियामा जानुपर्ने र समय धेरै लाग्ने भएकाले केही आयोजनाहरूमा ठेक्का तोड्न नसकिएको बताए।
उनले भने, ‘पहिला नै सबै कुराको तयारी गरेर निर्माणको कामलाई अगाडि बढाउनुपर्छ। आयोजनाहरु पूर्वतयारी गरे मात्रै अगाडि लैजाने हो। अहिले पुरानै आयोजनाहरुको भार बोक्नुपरेको छ। आयोजनाहरुको तयारी विना टेण्डर गरिदिने दिँदा पछि समस्या आउने र आयोजनाहरुको समय लम्बिने समस्या छ। यो हिजोदेखिको समस्या हो। तर अहिले सरकारले बिना पूर्वतयारीका आयोजनाहरु टेण्डर प्रक्रियामा लैजाँदैनौँ।’
उनले आयोजनाहरुको रकामान्तर,भुक्तानी र समन्वयको समस्याबाट भौतिक पूर्वाधार मन्त्रालय पीडित रहेको बताए। संसदीय समितिहरुले अर्थ मन्त्रालय र भौतिक मन्त्रालयलाइसँगै राखेर छलफल गराए भौतिक मन्त्रालयलाई सहज हुने उनको भनाइ छ।
अन्तरमन्त्रालय गत समन्वयमा समस्या रहेको भन्दै मन्त्री ज्वालाले अर्थ,कानुन र वन मन्त्रालयमा गएका फाइलहरू त्यही अड्किने गरेको दाबी गरे। उनले संयन्त्र नै बनाएर अन्तरमन्त्रालय समन्वय गराउने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएकाले केही सहजता हुने विश्वास रहेको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया