Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

ज्योतिष विद्यालाई प्रविधि र पद्धतिसँग आबद्ध गर्दै विश्वभर प्रचारप्रसार गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई नयाँ प्रविधि र पद्धतिसँग आबद्ध गर्दै विश्वभर प्रचारप्रसार गर्न आवश्यक रहेको बताएका छन्।

मंगलवार काठमाडौँमा आयोजित नेपाल ज्योतिष परिषद्को २६ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ज्योतिष विद्या प्रमाणित र वैज्ञानिक विद्या भएको बताए। उनले ज्योतिष विद्यालाई यदाकदा हचुवाको रूपमा अभ्यास गर्ने र जीविकोपार्जनको माध्यममात्र बनाउने देखिएको भन्दै योभन्दा माथि उठेर तथ्य र प्रमाणमा आधारित वैज्ञानिक र अनुसन्धानमूलक विद्याको रूपमा विकास गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘ज्योतिष विद्या प्रमाणित र वैज्ञानिक विद्या हो। समयको परिवर्तनसँगै हाम्रो परम्परागत शास्त्रीय ज्योतिष विद्यालाई अब नयाँ प्रविधि र पद्धतिसँग आबद्ध गर्दै विश्वभर यसको प्रचारप्रसार गर्नुपर्छ। ज्योतिष विद्यालाई यदाकदा हचुवाको रूपमा अभ्यास गर्ने, यसलाई जीविकोपार्जनको माध्यममात्र बनाउने देखिएको केही संकेत र प्रश्नमाथि उठेर यसलाई तथ्य र प्रमाणमा आधारित वैज्ञानिक र अनुसन्धानमुलक विद्याको रुपमा विकास गर्न आवश्यक छ।’

उपप्रधानमन्त्री खड्काले नेपाल ज्योतिष परिषद्ले ज्योतिष विद्याको प्रचारप्रसारमा जोड दिनुपर्ने बताए।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP