Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

बागलुङमा एक युवाले दुर्गा प्रसाईंमाथि मुक्का हाने, तत्कालै पक्राउ

४ माघ, बागलुङ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा एक युवाले मुक्का हानेर हातपातको प्रयास गरेका छन्।

हातमा कागज बोकेका युवाले छातीमा सोझ्याएर मुड्की हाने पनि प्रसाईंले हातले रोकेको भिडियो अहिले सार्वजिनक भएको छ। उनलाई हातपातको प्रयास भए पनि थप घटना भने हुन नपाएको बागलुङ प्रहरीले जनाएको छ।

‘प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ भनी देशका विभिन्न क्षेत्रमा कार्यक्रम गर्दै हिँड्ने क्रममा उनी आज बागलुङ पुगेका थिए। कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बीचैमा उनीमाथि युवाले हातपात प्रयास गरेका थिए।

सो क्रममा प्रसाईंले रोकेका र ती युवाको हातबाट कागजको पाना झरेको छ। त्यो कागजमा के लेखिएको छ भन्ने सार्वजनिक भएको छैन।

बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले उनीमाथि हातपातको प्रयास भएको र त्यसरी हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका ७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरिएको थाहाखबरलाई जानकारी दिए।

उनले अहिले घटनाको अनुसन्धान जारी रहेको बताए। प्रहरीले तत्काल नदेखेका कारण सार्वजनिक भएका भिडियोको अनुसन्धान भइरहेको र दुबै पक्षबाट बयान लिनसमेत बाँकी रहेको डिएसपी केसीले बताए।

घटना बागलुङ बजारको लोकतान्त्रिक चोकमा अपराह्न २ बजेतिर भएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP