Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

टिआरसी विधेयकबारे सांसदहरुसँग कानुन मन्त्रीको छलफल

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको सम्बन्धमा कानुन, न्याय तथा मानव अधिकार समितिका सांसदहरुसँग छलफल गरेका छन्।

मन्त्री गुरुङले सोमबार कानुन, न्याय तथा मानव अधिकार समितिका सांसदहरुसँग अनौपचारिक रुपमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको सम्बन्धमा छलफल गरेका हुन्। छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई टुंगोमा पुर्‍याउन सरकारका तर्फबाट भइरहेका कसरतहरूको बारेमा जानकारी गराएका थिए।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्य महेश बर्तौलाले मन्त्री गुरुङले प्रस्तुत गरेका कसरतहरू सकारात्मक रहेको बताए।

उनले आफूहरूले पीडितमैत्री कानुन बनाउने कुरामा जोड दिएको पनि बताए। उनले असहमतिका विषयहरूलाई टुंग्याउने कार्ययोजना ल्याउनेगरी छलफल भएको जानकारी दिए । यो विषय टुंग्याउनका लागि शीर्ष नेताहरुको तहमा पनि छलफल आवश्यक भएको भन्दै आधारभूत रुपमा एउटा तयारी गरेर अगाडि बढ्ने विषयमा कुरा भएको उनले बताए ।

‘पीडितले न्याय पाउनुपर्छ। पीडितले न्याय नपाउने गरी बनाउने कानुनको सान्दर्भिकता हुँदैन। त्यसकारण हाम्रो आजको छलफलमा पनि जोड के रह्यो भने सरकारको तर्फबाट पीडितमैत्री कानुन बनाउने कुराको ग्यारेन्टी होस् । त्यही बमोजिमका प्रावधानहरुको सुनिश्चितता गरियोस् । पीडितमैत्री कानुन निर्माण गर्ने पक्षमा असहमति भएका विषयलाई टुंग्याउने गरीको कार्ययोजना ल्याओस् भन्नेगरी छलफल भयो।’ बर्तौंलाले भने‚ ‘छलफल सकारात्मक भएको छ । निरन्तर छलफल गरेर अगाडि बढाउने भनेर निस्किएका छौँ । शीर्षस्थ नेताहरूका बीचमा पनि छलफल चलाउनुपर्ने हुन्छ।’

छलफलपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै कानुन, न्याय तथा मानव अधिकार समिति सदस्य सन्तोष परियारले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा असहमतिका बुँदाहरूमाथि छलफल भएको बताए । उनले सरकारको तर्फबाट मन्त्रीले केही विकल्पहरू प्रस्तुत गरेका र पीडितमैत्री कानुन बनाउने सन्दर्भमा राम्रो छलफल भएको बताए ।​

उनले विषय नटुंगिएकाले भोलि पनि पुनः छलफल हुने जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP