Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकको संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

आजको बैठकका लागि संसद सचिवालयले सम्भावित ७ वटा कार्यसूची पेश सार्वजनिक गरेको छ। पहिलोमा प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धि पत्र सभामुखले पढेर सुनाउनेछन्।

दोस्रो कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई १३ सांसदले प्रश्न सोध्ने छन्।

सांसदसँगको प्रत्यक्ष प्रश्न-उत्तर संवादअन्तर्गत आजको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले सांसद गोकर्ण विष्ट, किरणकुमार साह र कालुराम राईले सुशासन, ओरालो लागेको अर्थतन्त्र र विदेशमा अलपत्र नेपालीको उद्धार योजनालगायत विषयलाई उठाउने भएका छन्।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष संवादमा यसपटक १५ जनाको समूह रहे पनि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले प्रश्न टिपाएका छैनन्।

यस्तै नेपाली कांग्रेसका गगन थापा, कान्तिका सेजुवाल, किशोरसिंह राठोरले प्रश्न सोध्नेछन्। कल्पना चौधरी, कल्पना मियाँ कुसारी, कुसुमदेवी थापा, खमबहादुर गर्बुजा, गणेश पराजुलीले पनि संवादमा सहभागी हुन आफ्ना प्रश्न खामबन्दी गरेर संसद् सचिवालयलाई बुझाएका छन्।

ती प्रश्नको प्रधानमन्त्री दाहालले संसद बैठकमा जवाफ दिनेछन्।

प्रधानमन्त्रीको प्रश्नोत्तरपछि राष्ट्रियसभाबाट उत्पत्ति भएको शहीद दरशथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सन्देशसहित टेबुल हुनेछ। त्यसपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राष्ट्रियसभाबाटै उत्पत्ति भएको अनुगमन तथा मूल्यांकन विधेयक सम्बन्धि प्रतिवेशन पेर गर्ने कार्यसूची छ।

त्यस्तै सांसद प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व पहिलो संशोधन अध्यादेशलाई अश्वीकार गरियोस् भनि राखेको प्रस्ताव सभामा निर्णायार्थ पेश हुनेछ। त्यसपछि अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व सम्बन्धी अध्यादेलाई स्वीकृत गिरियोस भनि निर्णायार्थ पेश गर्ने छन्।

त्यसपछि अर्थमन्त्री महतले नै बैंकिङ कसुर तथ सजाय (दोस्रो संशोधन) विधयेक २०८० माथि विचार गरियोस भनी प्रस्ताव पेश गर्ने छन्।

यी बाहेक सांसदका कुरा सुन्न शून्य समयको व्यवस्था हुने संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP