Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

आदिवासी, जनजातिका आदिकविको शालिक राख्ने राष्ट्रपतिको चाहना

 

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरूको शालिक राख्न चाहेको बताएका छन्।

मंगलवार शीतलनिवासमा आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक प्रतिवेदन बुझ्दै उनले आदिवासी जनजाति समुदायका आदिकविकहरूको नाम र शालिक उपलब्ध गराउन आग्रह पनि गरेका छन्।

उनले आयोगले मगर, राई लगायत, आदिवासी जनजाति समुदायभित्र रहेका विभिन्न जातिका आदिकविहरूको नाम र शालिक पाएको खण्डमा तनहुँको चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यानमा राख्ने योजना रहेको बताए। उनले ४ सय बिघा जग्गा सरकारसँग लिएर आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा भानु साहित्य उद्यान बनाउन लागेको बताए। त्यहाँ बनाइने मूर्ति वाटिकामा विभिन्न जातजातिका आदिकविको मूर्ति रहने बताए।

राष्ट्रपति पौडेलले भने, ‘तनहुँको चुँदीरम्घामा भानु साहित्य उद्यान ४ सय रोपनी जग्गा लिएर नेपाल सरकारबाट त्यहाँ एउटा भानु साहित्य उद्यान बनाउँदै छु। त्यहाँ मूर्तिवाटिका हुन्छ। सबै भाषाका मूर्धन्य स्रष्टाहरू त्यहाँ रहन्छन्। भानुभक्तसहित सबै भाषाका आदिकविहरूको मूर्ति रहन्छ। मगर, राईलगायत भाषाका आदिकविहरूको नाम र मूर्ति चाहियो।’

राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायको भाषा, लिपी, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण, संवर्धन एवं विकास तथा सो समुदायको सशक्तिकरण गरी सर्वाङ्गीण हितलाई सुनिश्चित गर्ने सन्दर्भमा नेपालको संविधान एवं कानूनले आयोगलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP