Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

नक्कली शरणार्थी प्रकरण : धरौटी बुझाएका तीनसहित ४ जनालाई सम्पत्ति शुद्धीकरणमा बुझाइँदै

१८ मंसिर, काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतले धरौटीमा बुझाएका तीनजनासहित चार जनालाई आज सम्पत्ति शुद्धीकरण विभागमा बुझाइने भएको छ।

उच्चले धरौटीमा छाड्न आदेश दिए पनि केन्द्रीय कारागारमा रहेका तीन जनाले आइतबार धरौटी बुझाएर पनि रिहा भएनन्। धरौटी बुझाउनेहरू हरिभक्त महर्जन, नरेन्द्र केसी र शमशेर मियाँ थिए।

उनीहरूमध्ये हरिभक्तले १५ लाख, नरेन्द्र र शमशेरले जनही १०/१० लाख धरौटी बुझाएका हुन्। उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेकाले रिहा नगरिएको केन्द्रीय कारागारका प्रमुख ललित बस्नेतले जानकारी दिए।

उनीहरुलाई आज कार्यालय खुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाइने उनको भनाइ छ। धरौटी बुझाएका तीनजनासहित साधारण तारेखमा छाड्न आदेश भएका आषिश बुढाथोकीलाई पनि त्यतै बुझाइने बस्नेतको भनाइ छ। उनीहरुको मुद्दा अख्तियार र सम्पत्ति शुद्धीकरणमा पनि भएकोले छाड्न नसकिएको बस्नेतले जानकारी दिए।

उच्चले यस प्रकरणका अभियुक्त टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सागर राई र आङटावा शेर्पालाई थुनामै पठाउने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको थियो। यस्तै सानु भण्डारी, सञ्जय शर्मा र गोविन्द चौधरीलाई पनि थुनामै पठाउने आदेश दिएको छ।

टेकनाथ रिजाल, नरेन्द्र केसी, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शमशेर मिया, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेक गुरुङ, रामशरण केसी र केशव तुलाधरलाई धरौटीमा रिहा गर्न उच्च आदेश दिएको थियो। धरौटी नबुझाएका अन्यको हकमा भने धरौटी बुझाएपछि निर्णय हुने प्रमुख बस्नेतले बताए।

यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भने उच्च अदालत पाटनले थुनामुक्त गर्न अस्वीकार गरेको थियो। उनको मुद्दामा न्यायाधीशको राय बाझिएपछि तेस्रो न्यायाधीशका लागि पठाइने भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP