Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

एमालेले आज सुर्खेतमा सभा गर्दै, ओलीले सम्बोधन गर्ने

१८ मंसिर, काठमाडौं : नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’को पाँचौ दिन आज दैलेख र सुर्खेतमा कार्यक्रम हुँदैछ।

पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजको यात्रा दैलेखबाट सुर्खेतको वीरेन्द्रनगरसम्म हुनेछ। आजको यात्रा ७१ किलोमिटर मात्र रहेको छ। हिजो अछामको मंगलसेनदेखि दैलेख बजारसम्म १ सय ५४ किलोमिटरको यात्रा तय गरिएको थियो।

आवज विहान दैलेख बजारमा स्थानीय नेता, कार्यकर्ता तथा एमालेका शुभेच्छुकहरुसँग सामुहिक भेटघाट रहेको छ। आज दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन् स्थलको अवलोकन, नाभिस्थान र शिरस्थानको अवलोकन तथा स्थानीयबासीन्दासँग छलफलको कार्यक्रम रहेको छ। ​ ​चुप्रा डुंगेश्वर र माथिल्लो डुंगेश्वरमा पनि जनतासँग भेटघाट कार्यक्रम राखिएको गौतमले बताए। ​

यसैगरी अध्यक्ष केपी शर्मा ओलीले दैलेखकै गुराँस गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने र सोही स्थानमा यात्रा टोलीले खाना खाने कार्यक्रम छ। त्यसपछि टोली सुर्खेत प्रवेश गर्नेछ। सुर्खेतको वीरेन्द्रनगरबाट करिब २० किलोमिटर उत्तरी क्षेत्रबाट सुर्खेतले यात्रा टोलीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ।

वीरेन्द्रनगरमा दिउसो ३ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने र प्रशिद्ध पर्यटकीय स्थल काँक्रेबिहारको अवलोकन गर्ने कार्यक्रम तय गरिएको केन्द्रीय सदस्य एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिइन्।

सुर्खेतमा अध्यक्ष ओलीले उद्योगी,व्यापारी,बुद्धिजीवीहरुसँग सुर्खेतका समस्या र सम्भावनाका बारेमा छलफल गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP