Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ : बागमती प्रदेश प्रवेश, आज नुवाकोटमा सभा

काठमाडौं : नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा शनिबार गण्डकी प्रदेश सकेर बागमती प्रदेश गर्दैछ।

पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार गएराति गोरखामा बास बसेको टोली शनिबार बिहान धादिङ प्रवेश गर्न लागेको हो। ‘गएराति गण्डकी प्रदेशको गोरखामा बसेका थियौँ’, उनले भने, ‘आज बिहान सल्यानटारमा खाना खाएर हामी धादिङ प्रवेश गर्नेछौँ।’

शनिबारको सभा नुवाकोटको विदुरमा हुने एमालेले जनाएको छ। नुवाकोट मध्यपहाडी राजमार्गको विन्दु हो। एक हजार ८७९ किलोमिटर लामो राजमार्गको आधा भाग नुवाकोटबाट पूर्व र आधा भाग पश्चिमतर्फ पर्छ। ‘यात्राको दशौँ दिन हामी मध्यभागमा आइपुग्दैछौँ’ गौतमले भने ‘अब नौ दिनमा बाँकी दूरीको यात्रा हुनेछ ।’

एमालेको समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको यात्रा गरिसकेको छ। मंसिर १४ गते मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट यात्रा शुरु भएको एमालेको यात्रा पूर्वी सीमाविन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुंगिनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP